वीरगंज, २० पुस ।
नेकपा एमालेको पार्टी सदस्य रहेका निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन पर्सा जिल्लाको अध्यक्ष सुवेदार यादव पार्टीबाट निस्काशित भएका छन ।
नेकपा एमाले पर्साका संयोजक प्रभु हजराले आज एक प्रेस बिज्ञप्ती जारी गरी २०७४ सालको स्थानीय, प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पार्टीको उम्मेदवारहरुलाई सहयोग नगरी बिपक्षी पार्टीहरुलाई सहयोग गरी अन्तरघात गरेकोले यादवलाई पुस १९ गतेको मितिबाट साधारण सदस्य समेत नरहने गरी निष्काशित गरिएको जनाएका छन ।
साथै संयोजक हजराले यादवलाई आधिकारीक ट्रेड युनियनको पर्सा जिल्लाको अध्यक्ष बाट पनि फिर्ता बोलाई अन्यलाई पठाउन निर्देशन गरिएको बिज्ञप्तीमा जनाएका छन ।
तपाईको प्रतिक्रिया