Tuesday, 24 June 2025, 2:25:35 am

सिहंदरवारको अधिकार गाउँ गाउँमा, भलुहीमा इलाका प्रशासन कार्यालय खोल्न मांग

      7/20/2018 गते 00 00 मा प्रकाशित     1191   पटक पढिएको

बीरगंज ४ साउन ।
बाराको भलुही बजारमा इलाका प्रशासन कार्यालय खोल्न माग गर्दै नेपाल कम्युनिष्ट पाटी (नेकपा)का युवा नेताहरुले आज बाराका प्रमुख जिल्ला अधिकारी मार्फत गृहमंत्री राम बहादुर थापालाई ज्ञापन बुझाएका छन । 

 


युवा नेताहरुले संघीय सरकारले नागरिकलाई घर आँगनमै सेवा दिने नीति अन्र्तगत बिभिन्न स्थानमा प्रशासनीक तथा सेवाकेन्द्रहरु स्थापना गरेकोमा सरकारको यो कदमलाई स्वागत समेत गरेका छन ।


सेवामा नागरिकको पहुच र सेवा प्रवाहको प्रक्रियालाइ सरल बनाउन सक्दा नै संघीयताको वास्तविक मर्म नागरिकले अनुभूती गर्ने युवा नेताहरुले बताएका छन ।

 


प्रसौनी फेटा र परवानीपुर गाउँपालिकाका नागरिककोलागि भलुवही उचित र उपुर्यक्त स्थान भएकोले सो ठाउमा इलाका प्रशासन कार्यालय खोल्नु पर्ने माग उनीहरुको छ । 


नेकपा युवा नेता उमेश कुशवाहाको नेतृत्वमा गएको टोलीले बाराका प्मुख जिल्ला अधिकारी मार्फत गृहमंत्रीलाई ज्ञापन पत्र बुझाउदै चारै गाउँपालिकाका नागरिककालागि पायक पर्ने भलुहीमा इलाका प्रशासन कार्यालय खोलेर सिंहदरवारको अधिकार गाउँमा भन्ने तथ्यलाई स्थापित गर्न आग्रह गरेका छन ।

 

 टोलीमा बिनोद पटेल ,अक्षय कुमार ओझा,मनिर देवान ,बिक्की महतो र मदन साह लगायतका युवा नेताहरु रहेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु