logo

बिन्दवासीनी गाउँपालिकाका नागरिकले ठोके ताल्चा,खोल्ने बतावरण बनाउन प्रजिअ पौडेलले लिए चासो

      7/22/2018 गते 00 00 मा प्रकाशित     1206   पटक पढिएको

वीरगन्ज ६ साउन । 

बिन्दवासीनी गाउँपालिकाको कार्यालयमा आइतवार वडा नं २ का नागरिकले तालाबन्दी गरेका छन । बहुअर्वा भाठामा रहेको कार्यालयमा १० बजे नै गर्दौलका नागरिकले ताला लगाएका हुन । उनीहरुले गर्दौल गाउमा पानीको निकास नभएका कारणले समस्या भएको भन्दै तालाबन्दी गरेका हुन ।

 

गाउँपालिकाको गत वर्षको पहिलो गाउँसभामा पानीको निकास खोल्नकोलागि   १५ लाख रुपैया बिनियोजन भएको छ । पानी निकासको काम गर्न टेण्डर समेत परेको तर काम नभएकोले स्थानीय नागरिकले आक्रोशीत भएर ताला लगाएका हुन ।


स्थानीय परशुराम यादवको नेतृत्वमा गएको नागरिकको टोलीले कार्यालयमा रहेका सबै कर्मचारीहरुलाई कार्यालय बाहिर निकालेर कार्यालयमा ताल्चा लगाइदिएका हुन । 


समस्या समाधानकालागि गाउँपालिका र स्थानीय प्रशासन र स्थानीय नागरिकवीच भएको छलफलमा गाउँपालिकाले तीन दिन भित्र पानीको निकासको लागि काम गर्ने प्रतिवद्धता जनाएका थियो । तर गाउँपालिकाले भनेको समयमा काम नगरेको भन्दै स्थानीय आक्रोशित भएका हुन । 


पानी जमेका कारण स्थानीयले खेतीपाती समेत गर्न पाएका छैनन । समय घर्के पछिको निकासाले खेतीपाती गर्न असहज हुने भएकोले स्थानीय समस्यामा परेका छन । 


पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले गाउँपालिकाका प्रमुख श्रीलाल साहलाई समस्या समाधानका निम्ति परिणाममुखी काम गर्न आग्रह गरेका छन । 
पौडेलले जनातको समस्या कसरी हल गर्ने भन्ने बिषयनै जप्रतिनिधिको चासोको बिषय हुनु पर्ने बताउदै निकासकोलागि पहलकदमी लिन र नागरिकलाई हल दिन सालाई आग्रह गरेको बताए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.