logo

प्रदेश २ मा  संसदीय पत्रकार समुह संयोजकमा तिवारी 

      7/29/2018 गते 00 00 मा प्रकाशित     1049   पटक पढिएको

बीरगंज १३ साउन । 
जनकपुर–प्रदेश २ मा संसदीय रिर्पोटिङ गरिरहेका पत्रकारहरुले आइतबार संसदीय पत्रकार समूह गठन गरेका छन । संसदीय रिर्पोटिङको पहिलो अभ्यास गरिरहेका प्रदेशका पत्रकारहरुबमे जनकपुरमा भएको भेलाले समूह गठन गरेको हो । 


    संसदीय पत्रकार समूहले प्रदेश सभाको बैठक हुदा समाचार संम्प्रेषणका लागि संचारकर्मीका लागि सहज वातावरण बनाउने र संसदीय पत्रकारिता गर्नेहरुका लागि क्षमता अभिवृद्धिका लागि अध्ययन भ्रमण, छलफल, तालिम र अन्य आवश्यक सहयोगका लागि पहल गर्ने उदेश्यले समूहको गठन गरेको छ ।

 

आइतबार प्रदेश २ का सभामुख सरोजकुमार यादवलाई संसदीय पत्रकार समूह गठन गरिएको जानकारी गराएको छ । 


संसदीय पत्रकार समूहको संयोजकमा कान्तिपुर दैनिकका प्रदेश २ का संयोजक अजित तिवारीलाई चयन गरिएको छ ।

 

समूहको सदस्यमा एपी वान टिभिका इश्वरचन्द्र झा, नागरिक दैनिकका प्रदेश २ का संयोजक सुरेश यादव, अन्नपूर्ण पोष्टका प्रदेश २ का संयोजक अलि असगर, कान्तिपुरका संतोष सिंह, नयापत्रिकाका प्रदेश २ का संयोजक हदिश खुदार र जनकपुर टुडेका दिपक कर्ण छन् । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.