logo

रक्सौलमा बिकासको बाढी ल्याउन,  बीरगंज उधोग वाणिज्यसंघका अध्यक्ष दिल्लीमा

      8/2/2018 गते 00 00 मा प्रकाशित     1127   पटक पढिएको


दिल्ली, १७ साउन ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माको टोलीले  भारतीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीसँग भेटघाट गरेको छ । 


भेटमा सङ्घका अध्यक्ष शर्माले रक्सौल रेल्वे क्रसिङ्गमा आकाशे पुलको निर्माण गर्न आग्रह गरे । यसो गर्दा सर्वसाधारणले जामबाट मुक्ति पाउने उनको भनाई थियो ।  

 

मोतिहारी–पिपराकोठी–रक्सौल राजमार्गलाई यथाशीघ्र ४ लेनको रुपमा स्तरोन्नती, रक्सौल कस्टम नजिकको मितेरी पुलमा लाग्ने गरेको जामलाई हटाउन समानान्तर पुलको निर्माण , रक्सौल तथा आसपासका सडकहरुलाई फराकिलो पार्न, सीमावर्ती शहर रक्सौललाई भौतिक पूर्वाधार सहितको शहरको रुपमा विकसित तुल्याउन तथा आन्तरिक उडानको लागि रक्सौलको विमानस्थल सञ्चालनमा ल्याउन पहलका लागि मन्त्री गडकरीसँग आग्रह गरेकाथिए  ।

 

जवाफमा मन्त्री गडकरीले रक्सौल क्षेत्रको बिकासमा आफूले गम्भिरतापूर्वक पहल गर्ने आश्वासन दिएको संघका अध्यक्ष शर्माले बताए । 

 

भेटमा  सीमावर्ती क्षेत्र (बेतिया) भारत, विहारका सांसद सञ्जय जयसवाल तथा नेपाल भारत सहयोग मञ्का केन्द्रीय अध्यक्ष तथा सङ्घका पूर्व अध्यक्ष अशोककुमार वैधको उपस्थिति रहेको थियो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.