logo

पर्सामा फोरम नेपालको  क्षेत्रीय भेला सम्पन्न

      8/8/2018 गते 00 00 मा प्रकाशित     1601   पटक पढिएको

बीरगंज २३ साउन ।

 संघीय समाजवादी फोरम नेपाल पर्सा क्षेत्र नं.४ को क्षेत्रीय भेला बुधबार धोविनी गाउँपालिकामा सम्पन्न भएको छ ।

क्षेत्रीय अध्यक्ष लालबाबु साहको सभापतित्वामा सम्पन्न कार्यक्रममा  प्रदेश्सभा सदस्य सिंघसान साह कलवार  प्रदेश सरकार संग जनताको लागि अधिकार र बजेट माग्न व्यस्त भएका कारण आफुले क्षेत्रमा समय दिन नसके बताए । उनले  आगामी दिनहरुमा धेरै समय क्षेत्रका जनताहरु संग बिताउने प्रतिवद्धता जनाए  ।

 

उनले प्रदेश सरकारबाट आफुले पर्सा क्षेत्र नं. ४ को विकासका लागि एक अर्व भन्दा बढीकोको योजना प्रस्तुत गरेको जानकारी दिए ।

त्यसैगरी संघीय समाजवादी फोरम नेपाल मधेस प्रदेश कार्यसमितिका सचिव सलाउदिन अहमदले केन्द्रले गरेको परिपत्रको बारेमा जानकारी गराउदै केहि तत्वहरु संघियता विफल गराउनु लागि परेको बताएका थिए ।

 

उनले संघीयता विफल गराउने त्यस्ता तत्वहरुलाई समाजवादी फोरम नेपालले कुनै हालतमा नछोड्ने चेतवानी समेत दिएका थिए ।

कार्यक्रममा  प्रदेश नं. २ नीति आयोगका सदस्य मोहनलाल चौधरीले प्रदेश नं.२ ले तयार पारेको नीति तथा कार्यक्रमको बारेमा प्रकाश पारेका थिए भने केन्द्रिय सदस्य सिपू तिवारीले फोरम नेपालले हासिल गरेको उपलब्धि ऐतिहासिक रहेको बताएका थिए । 

 

कार्यक्रममा जिल्ला सदस्य तबरेज अहमद, कृष्णमोहन यादव, सरिफ गद्दी, रामबाबु चौरसियालगयातको उपस्थिति रहेको थियो ।  कार्यक्रममा फोरम नेपालका प्रर्सा जिल्ला प्रवक्ता रामनरेश यादवले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए भने कार्यक्रम संचालन रामबाबु यादवले गरेका थिए ।


यसैगरि क्षेत्र नं१ को क्षेत्रीय भेलाको वीरगजको गोपाल मण्डलीमा सम्पन्न भएको छ । कार्यक्रममा सासद तथा पार्टी पर्साका अध्यक्ष प्रदीप यादव   प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । जिल्ला उपाध्यक्ष सुन्दर कुर्मीले केन्द्रीय सर्कुलर वाचन गर्दै सोही अनुरुप अगाडि बढ्न सहभागीहरुलाई जानकारी गराएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.