logo

महिलाको समृद्धि विना प्रदेश र मुलुकको समृद्धि सम्भव छैनः मुख्यमन्त्री राउत

      8/17/2018 गते 00 00 मा प्रकाशित     1241   पटक पढिएको

जनकपुरधाम १ भदौ ।

मुख्यमन्त्री लालबाबु राउतले आधा जनसंख्या रहेको महिलाकोको समृद्धि विना प्रदेश र मुलुक समृद्धिको कल्पना समेत गर्न नसकिने बताएका छन  ।

जनकपुरमा दोस्रो नेपाल बालिका सम्मेलन २०७५को उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले कुनैपनि बहानामा महिलालाई उपेक्षित गर्न नसकिने बताए ।

महिलाको महत्वलाई बुझेर प्रदेश सरकारले क्रमवद्ध रुपमा बेटी पढाउ बेटी बचाउ लगायतका महिला मैत्री कार्यक्रम ल्याएको उल्लेख गर्दै उनले  शिक्षा र रोजगारीमा महिलाको पहुँचलाई सुनिश्चित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

विभिन्न सामाजिक कुरितिहरुका कारण महिलाहरु वर्षौ देखी विभेदमा रहदै आएको टिप्पणी गर्दै मुख्यमंत्री राउतले प्रदेश सरकारले त्यस्ता कुरितिहरु अन्त गर्न सशक्त कानून ल्याउन लागेको समेत बताए ।

प्रदेश सरकारले ल्याउन लागेको प्रहरी ऐनमा समेत  महिलाको लागि आधा सिट सुरक्षित गरेको उल्लेख गर्दै उनले अन्य रोजगारीको अवसरमा समेत महिलालाई आधा सिट सुरक्षित गर्ने बताए  ।

समाजिक विकास मन्त्रालयका सचिव देवीराम भण्डारीको अध्यक्षतामा भएको उत्त कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले वालविवाह दाइजो प्रथा जस्ता कुरितिहरुले महिलालाई अन्यायमा पारेको बताउँदै त्यस्ता कुरितिहरुलाई अन्त गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा प्रदेश भरि बाटै प्रतिनिधि मुलुक बालिकाहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.