logo

नेपाल शिक्षक महासंघ पर्साको नेतृत्व संघको पोल्टामा

      12/30/2018 गते 00 00 मा प्रकाशित     1812   पटक पढिएको

पर्सा, १५ पुस ।
शिक्षक महासंघ पर्साको निर्वाचनमा नेपाली काङ्ग्रेस निकट नेपाल शिक्षक संघ विजयी भएको छ । शनिबार राती अबेर सप्पन्न मतगणनाको नतिजा अनुसार महासंघको जिल्ला अध्यक्ष सहित १० वटा स्थानीय तहको अध्यक्षमा  संघ विजयी भएको हो । 

 

पर्साको १४ स्थानीय तह मध्य  बीरगंज महानगर र पोखरिया नगरपालिका सहित १० वटामा नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ, बहुदरामाई नगरपालिका सहित ३  वटामा नेकपा निकट राष्ट्रिय शिक्षक संगठन र एक वटामा संघिय समाजवादी फोरम निकट संघिय शिक्षक फोरम विजयी भएको छ ।

 

वीरगंज मनपा सहित धोविनी, जगरनाथपुर गापा पटेर्वासुगौली गापा, जिराभवानी गापा, ठोरी गापा, पकहा मैनपुर गापा, छिपहरमाई गाउँपालिका, पोखरिया नपा र पर्सागढी नपामा शिक्षक संघ, सखुवा प्रसौनी गापा, विन्दवासिनी गापा र बहुदरमाई नपामा शिक्षक संगठन र कालिकामाई गपामा शिक्षक फोरम विजयी भएको छ ।

श्रीपुर बिधापिठ मा.वि. वीरगंजमा शनिबार भएको मतदानको मतगणना राती नै भएको थियो । शिक्षक महासंघ पर्साको  निर्वाचनमा ८ सय ५५ मत प्राप्त गरेर  नेपाल शिक्षक संघ पहिलो भएको हो । महासंघको अध्यउषको नेतृत्व संघले गर्ने छ ।

 

तिर्थराज यादवलाई संघले अगाडि सारेको छ । ७ सय २६ मत प्राप्त गरेर नेपाल राष्ट्रीय शिक्षक संगठन दोश्रो भएको हो जसले सचिव पद प्राप्त गर्ने छ ।  ५ सय १५ मत प्राप्त गरि शिक्षक फोरम जिल्लामा तेश्रो संगठन भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

समाज

सहयोद्धा उपर दुरब्यवहारको आरोप, आयोगमा उजुरी,  संसदीय दलको नेता बाट दिए राजीनमा

जनकपुरधाम । आफनै सहयोद्धा महिला उपर दूरब्यवहार गरेको आरोप लागेपछि नेकपा माओवादी केन्द्रका मधेश प्रदेश संसदीय दलका नेता भरत साहले दलको नेताको पदबाट राजीनामा दिएका छन ।

राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको  अध्यक्षमा डा. पौडेल निर्वाचित

वीरगंज । राष्ट्रिय स्वस्थ्यकर्मी महासंघ नेपालको पाँचौ राष्ट्रिय महाधिवेशनले डा. सन्तोष पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.