logo

स्थानीय तहलाई प्रदेश सकारको मातहत ल्याउनु पर्छः उपप्रधानमंत्री  यादव

      12/30/2018 गते 00 00 मा प्रकाशित     1564   पटक पढिएको

पर्सा, १५ पुस ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहलाई प्रदेश सरकारको मातहतमा ल्याउनु पर्ने बताएका छन ।

 

आइतवार बीरगंजमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उप तथा स्वास्थ्य जनसंख्या मंत्री समेत रहेका यादवले यस्तो बताएका हुन । उनले प्रदेशलाई आत्मनिर्भर हुन दिदा मात्र संघीय प्रणाली समेत बलियो हुने त्यसको माध्यमले समृद्धि प्राप्त हुने बताए । 

उनले प्रदेश सरकार गठन भए पनि काम गर्ने निकायको अभाव रहेको भन्दै स्थानीय निकायलाई प्रदेशको अधिकार क्षेत्रभित्र ल्याउनुपर्ने बताए । प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई स्थानीय तहमार्फत लागू गर्नुपर्ने,  प्रदेशलाई प्रादेशिक मामिलामा अधिकारसम्पन्न बनाउनुपर्ने, प्रदेशको संघमाथिको निर्भरता कम गर्दै लानु पर्ने बताए ।


अध्यक्ष यादवले वर्तमान सरकार संघीय प्रणाली कार्यान्वयनका लागि  लागिपरेको बताए । उनले  नेपालको सुन्दर समृद्धि सहितको भविष्यकालागि संघीय प्रणाली उचित भएको बताउदै त्यसको लागि सम्बिधा सशोधन हुन आवश्यक रहेको बताए ।

 

 राष्ट्रिय एकताको भावनात्मक आधार विकसित गर्नुपर्ने र त्यसका लागि सरकार र फोरमवीच भएको समझदारीको आधारमा सम्बिधान संशोसधन हुनु पर्ने बताए ।उनले यही सत्रमा संशेधनको बिषयले निकास पाउने बिश्वास समेत ब्यक्त गरे । 
 
उनले हरेक प्रदेशमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र बिज्ञ सहितको टर्सरी अस्पतालको निर्माण गर्ने गरि तयारी भइरहेको जानकारी दिए । उनले हरेक प्रदेशमा प्रादेशीक प्रयोगशाला, प्रादेशी भण्डारण केन्द्र र तालिम केन्द्रको स्थापना गर्ने गरि निर्णय भएको जाकारी दिए । उनले मौजुदा स्वासथ्य नीति त्रुटीपूर्ण भएको भन्दै त्यसलाई सच्याउने गरि कार्य प्रारम्भ भएको उनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.