logo

स्थानीय तहलाई प्रदेश सकारको मातहत ल्याउनु पर्छः उपप्रधानमंत्री  यादव

      12/30/2018 गते 00 00 मा प्रकाशित     1704   पटक पढिएको

पर्सा, १५ पुस ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहलाई प्रदेश सरकारको मातहतमा ल्याउनु पर्ने बताएका छन ।

 

आइतवार बीरगंजमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उप तथा स्वास्थ्य जनसंख्या मंत्री समेत रहेका यादवले यस्तो बताएका हुन । उनले प्रदेशलाई आत्मनिर्भर हुन दिदा मात्र संघीय प्रणाली समेत बलियो हुने त्यसको माध्यमले समृद्धि प्राप्त हुने बताए । 

उनले प्रदेश सरकार गठन भए पनि काम गर्ने निकायको अभाव रहेको भन्दै स्थानीय निकायलाई प्रदेशको अधिकार क्षेत्रभित्र ल्याउनुपर्ने बताए । प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई स्थानीय तहमार्फत लागू गर्नुपर्ने,  प्रदेशलाई प्रादेशिक मामिलामा अधिकारसम्पन्न बनाउनुपर्ने, प्रदेशको संघमाथिको निर्भरता कम गर्दै लानु पर्ने बताए ।


अध्यक्ष यादवले वर्तमान सरकार संघीय प्रणाली कार्यान्वयनका लागि  लागिपरेको बताए । उनले  नेपालको सुन्दर समृद्धि सहितको भविष्यकालागि संघीय प्रणाली उचित भएको बताउदै त्यसको लागि सम्बिधा सशोधन हुन आवश्यक रहेको बताए ।

 

 राष्ट्रिय एकताको भावनात्मक आधार विकसित गर्नुपर्ने र त्यसका लागि सरकार र फोरमवीच भएको समझदारीको आधारमा सम्बिधान संशोसधन हुनु पर्ने बताए ।उनले यही सत्रमा संशेधनको बिषयले निकास पाउने बिश्वास समेत ब्यक्त गरे । 
 
उनले हरेक प्रदेशमा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र बिज्ञ सहितको टर्सरी अस्पतालको निर्माण गर्ने गरि तयारी भइरहेको जानकारी दिए । उनले हरेक प्रदेशमा प्रादेशीक प्रयोगशाला, प्रादेशी भण्डारण केन्द्र र तालिम केन्द्रको स्थापना गर्ने गरि निर्णय भएको जाकारी दिए । उनले मौजुदा स्वासथ्य नीति त्रुटीपूर्ण भएको भन्दै त्यसलाई सच्याउने गरि कार्य प्रारम्भ भएको उनले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.