बीरगंज १६ चैत ।
नेकपाका प्रदेश समिति सदस्य एवं मजदुर नेता हरि मण्डलको तेह्रौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघको आयोजनामा मण्डलको निवास नजिकै भएको कार्यक्रममा अखिल नेपाल ट्र्ड युनियन महासंघका केन्द्रीय सदस्य गणेश रेग्मीले स्व.मण्डलको बारेमा चर्चा गरेका थिए । महासंघको केन्द्रीय सचिवालय सदस्य समेत रहेका मण्डल इमानदार र बिचार प्रति प्रतिवद्ध नेताको रुपमा स्थापित थिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, रामचन्द्र साह, प्रतिनिधि सभाका सांसद शेष चाँदतारा, प्रदेशसभा सदस्य ज्वाला साह, प्रदेश कमिटी सदस्य क्षेत्र बहादुर शश्रेष्ठ लगायतले स्व.मण्डलको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्व.मण्डलको तस्वीरमा माल्यापर्ण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रमको संचालन ट्रेडयुनियनका प्रदेश २ का संयोजक मीन प्रसाद आपागाईले गरेका थिए। कार्यक्रममा नेकपा कार्यदल सदस्यहरू, विभिन्न संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू लगायतको सहभागिता रहेको प्रेस संगठन पर्साका अध्यक्ष नीरज पिठाकोटेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया