logo

प्रदेशको राजधानी जनकपुर मान्दैनौ : पूर्वमन्त्री चौधरी 

      8/12/2019 गते 00 00 मा प्रकाशित     3165   पटक पढिएको

वीरगन्ज, २८ साउन । प्रदेश नम्बर २ को राजधानी जनकपुरमा नै राख्ने प्रदेशसभाका राजीनितिक दलहरुसँग सहमति जुटेको समाचार सार्वजनिक भएपछि वीरगन्जमा यसको राजनीतिक तरंग फैलिएको छ । जनकपुरलाई अस्थायी मुकाम राखेको दिनदेखि नै विरोध गर्दै आएका वीरगन्ज राजधानी संघर्ष समितिले जनकपुर प्रदेशको राजधानी कुनैपनि हालतमा मान्न नसकिने बताएका छन् ।

वीरगन्ज राजधानी संघर्ष समितिका संयोजक एवं नेपाली कांग्रेसका पूर्व सांसद सुरेन्द्र प्रसाद चौधरीले जनकपुरलाई नै राजधानी बनाउन प्रदेशसभा संसदमा सहमति जुटेको हो भने त्यस्को घोर विरोध गर्ने बताएका छन् । पूर्व मन्त्री समेत रहेका मन्त्री चौधरीले वीरगन्ज प्रदेशको राजधानीका लागि उपयुक्त स्थान भएकोले वीरगन्ज नै राजधानी हुनुपर्छ भन्ने आपूmहरुको अडान कायम रहेको बताए ।

उनले पूर्वका मैथलीभाषी सांसदहरु र मधेसवादी भनाउँदा पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र महतो जनकपुरमा नै राजधानी बनाउनुपर्छ भन्ने पक्षमा देखिएको भन्दै मधेसी जनतालाई उनीहरुले धोका दिएको आरोप लगाए । उनले भने, “मधेस आन्दोलनको नाममा ६ महिना वीरगन्ज नाका बन्द गराएर सबैभन्दा बढी भौतिक तथा मानवीय क्षति वीरगन्जले व्यहोरेको छ । तर राजधानी भने जनकपुर बनाउने हो भने पर्साका जनतालाई धोका हुन्छ ।”

संघीयताको सीमांकनमा आपूm चुरे सहितको २ नम्बर प्रदेशको पक्षमा पहिलेदेखि नै लागेको र त्यसको खाका समेत तयार गरेर बुझाएको जानकारी दिदै पूर्व मन्त्री चौधरीले तत्कालिन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेता राजेन्द्र महतोको नश्लवादी चिन्तनले मधेसमा चुरेलाई मिसाउन नहुने तर्क गरेर मधेसलाई आठ जिल्लामा मात्रै सीमित बनाएको बताए ।

पूर्वको झापादेखि पश्चिमको कन्चनपुरसम्मको भागलाई समग्र मधेस बनाउने अभियानबाट पछि हटेर ८ जिल्लामा मात्रै सीमित गरेर मधेसी जनतालाई नै भ्रममा राखेको नेता सुरेन्द्र चौधरीको भनाई थियो । उनले जनकपुर राजधानी बनाईए सर्लाही, रौतहट, बारा र पर्साका सबै राजनीतिक दलका नेता, नागरिक समाज लगायत सरोकारवालाहरुसँग वृहत छलफल गरेर आन्दोलन शुरु गर्ने बताए ।

भौगोलिक दृष्टिकोण र भौतिक पूर्वाधार विकासको हिसाबले पनि वीरगन्ज राजधानीको लागि उपयुक्त स्थान हुँदाहुँदै जनकपुर राजधानी बनाईए कडा आन्दोलनको तयारी गर्ने बताए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मोहम्मद जयन्तीमा मुस्लिम समुदायका लागि सार्वजनिक बिदा

वीरगन्ज। सरकारले मोहम्मद जयन्तीको अवसरमा बुधबार नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मधेश सरकारको काम,प्रदेशको शान्ति सुरक्षाकालागि प्रहरीलाई १२ गाडी हस्तान्तरण

जनकपुरधाम । मधेश प्रदेश सरकारले नेपाल प्रहरीलाई १२ वटा गाडी प्रदान गरेको छ । प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले १२ वटा पिकअप जिप खरिद गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरिएको हो ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.