वीरगन्ज, ७ भदौ । नेकपाका नेता प्रभु साहले भारतले दशगजा क्षेत्रमा बनाई रहेको बाँधमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । पूर्व मन्त्री एवं नेकपाका प्रभावशाली नेता साहले सामाजिक सञ्जाल मार्फत भारतीय पक्षबाट भएको बाँध निर्माणको गम्भीर ध्यानाकर्षण भएको जनाको हो ।
उनले सामाजिक सञ्जाल फपेसबुकमा भारतीय पक्षले दशगजामा निर्माण गरेको बाँध दुईदेशको कुटनीतिक पहलबाट समाधान नगरे दुर्घटना हुन सक्ने चेतावनी दिएका छन् । उनले फेसबुकमा उल्लेख गरेका छन्, “नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत रौतहटको ईशनाथ नगरपालिका नजिकै भारतीय पक्षद्वारा पानीको बहाब नै अवरुद्ध हुने गरी दशगजा क्षेत्रमा सडकको नाममा बाँध बनाई रहेको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
तसर्थः यस विषयमा कुनै अप्रिय घटना घटनु पूर्व नै दुबै देशका तर्फबाट आवश्यक कुटनीतिक पहल लिई तत्काल समस्याको समाधान गर्न सम्बद्ध पक्षहरुसंग जोडदार माग गर्दछु ।” नेकपाका प्रदेश नम्बर २ का अध्यक्ष रहेका साहले केही दिन अघि पदबाट राजिनामा दिनुभएको छ । पार्टीमा नेतृत्वसँग असन्तुष्टी व्यक्त गर्दै उहाँले राजिनामा दिनुभएको हो । यद्यपि राजीनामा भने अहिले स्वीकृत भएको छैन । उहाँलाई राजिनामा फिर्ता लिन पार्टीले अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया