बीरगंज ७ असोज ।
समाजवादी पार्टी पर्साको अध्यक्षमा रामनरेश यादव चयन भएका छन । पार्टीले तत्कालीन अध्यक्ष प्रदीप यादवलाई अध्यक्ष पदबाट निलम्बन गरेपछि पार्टीले यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो ।
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीवीचको एकता पछि पार्टी समायोजन अन्र्तगत यादवले आज पार्टीको पर्सा जिल्ला अध्यक्षको रुपमा शपथ लिएका हुन ।
त्यसै गरि उपाध्यक्षमा मुस्तकिम अन्सारी चयन भएका छन भने सचिवमा तवरेज अहमदे जिम्मेवारी पाएका छन । त्यस्ै सहसचिवमा सुशिल साह चयन भएका छन ।
पार्टीका मधेश प्रदेश प्रमुख बिजय यादवलेको प्रमुख आतिथ्यतामा बीरगंजको रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनियताको शपथ खाएका थिए ।
कार्यक्रममा समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा सासद प्रहलाद गिरी ,करिमा बेगम लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
तपाईको प्रतिक्रिया