logo

प्रेस संगठन पर्साको औपचारिक घोषणा सभा सम्पन्न 

      12/19/2019 गते 00 00 मा प्रकाशित     1435   पटक पढिएको

वीरगन्ज, ३ पुस । नेकपा निकट प्रेस संगठन नेपाल पर्साको घोषणा सभा आज सम्पन्न भएको छ । संगठनका पर्सा संयोजक निरज पिठाकोटेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले श्रमजिवी पत्रकारको हकहितको लागि प्रेस संगठनले काम गर्नुपर्ने धारणा राखेका थिए ।

वक्ताहरुले देश बिकास र सकारको कमीकमजोरी बारे पनि सत्य, तथ्य र निष्पक्ष रुपमा पूर्वाग्रही नभई स्वतन्त्रपुर्वक कलम चलाउन आग्रह गर्दै संगठनमा लागेका पत्रकारहरुको क्षमता वृद्धि गर्न बिभिन्न तालिम गोष्ठीको आयोजना गर्न पनि सुझाव दिए । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं वीरगन्ज महानगरपालिका इन्चार्ज दिनेश राई पर्साका अध्यक्ष प्रभु हजरा, सचिव बिजय महतो,

नेपाल पत्रकार महासंघ प्रदेश २ का इन्चार्ज लालबाबु शेख, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष केसी लामिछाने, प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह, नेकपा महानगर कमिटिका अध्यक्ष रहब अंसारी, संगठनका पर्सा सल्लाहकार समितीका अध्यक्ष महेश दास, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा लगायतकाले धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल रिपोर्टस क्लबका पर्सा अध्यक्ष कन्हैया गुप्ता, पत्रकार हेमन्त तमाङ्ग, अकलेश साह, पुनम चौधरी लगायत पत्रकारहरु प्रेस संगठनमा प्रवेश गरेका थिए । अवसरमा नवनियुक्त प्रेस संगठनका पदाधिकारीहरुलाई फुृलमाला र खादा ओढाई सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का सदस्य जगत राई, पुर्व सभापति सत्रुघन नेपाल, सल्लाहकार प्रताप श्रेष्ठ, महेश गौतम, तुलसी भण्डारी, आशिक अंसारी,

संघका पर्सा कोषाध्यक्ष भुषण यादव, पत्रकार लक्ष्मी खरेल, रश्मिराज भण्डारी, समिना रंजितकार, राम मण्डल, दिपेन्द्र कुमार साह, पुष्पराज तिमिल्सिना लगायतको सहभागिता रहेको थियो । संगठनका सह संयोजक अनुप तिवारीले स्वागत गरेको कार्यक्रमको सहजीकरण संजिव मिश्राले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.