वीरगन्ज, १८ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाको वीरगन्ज महानगर कमिटि वडा नम्बर २४ मा वडा भेला तथा वडा कमिटि गठन सम्पन्न भएको छ । स्थानीय नेता जुमादिन अन्सारीको अध्यक्षतामा भएको भेलाले २१ सदस्यीय वडा कमिटि गठन गरेको छ ।
भेलामा नेकपाका महानगर इन्चार्ज एवं केन्द्रीय सदस्य दिनेश राई, महानगर अध्यक्ष रहबर अन्सारी, सचिव विश्वम्भर शर्मा, प्रदेशसभाका प्रत्यासी उम्मेदवार छोटेलाल कुर्मी लगायतको उपस्थितिमा भएको वडा भेलाले वडा कमिटि गठन गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्व जुवैर आलमले जानकारी दिनुभयो । कार्यक्रममा गोपीचन्द यादव, जुमादीन अन्सारी लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया