पोखरीया नगर पालिका वार्ड नं.९ सेमरबारी चौकमा यात्रीहरूको सुबिधाकोलागि बस्ने कुर्सीको ब्यवस्था गरिएको छ ।
सोही क्रममा बृक्षारोपण समेत गरिएको लोकतान्त्रिक समाजवादी पार्टीका नेता नेजामुद्दीन शमानीले जानकारी दिनु भयो ।
यात्रुको सुबिधाकोलागि कुर्सी ब्यवस्थापन गर्न बीरगंजका प्रतिष्ठित उधोगपति सत्यनारायण क्याल एवं साहित्यकार गणेश लाठले सहयोग उपलब्ध गराउनु भएको थियो । श्री नया जनशक्ति युवा क्लब पोखरीया वार्ड नं.४ ले कार्यक्रमको संयोजना गरेको थियो ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता नेजामुद्दीन शमानीले जिल्लाको वीच भागमा रहेको पोखरियालाई ब्यवस्थित शहरीकरण गरिनु पनेृमा जोड दिनु भयो ।
उहाँले पोखरियाको शहरीकरणसंगै अन्य सेवा सुबिधाको पनि सहज उपलब्धता हुने बिचार ब्यक्त गर्नु भयो ।
उहाँले पोखरियालाई शिक्षा स्वास्थ्यको राम्रो केन्द्र र नगरलाई हरियाली शहरको रुपमा बिकास गर्ने बेला आएको बताउनु भयो । उहाँले यसकोलागि प्रदेश सरकार संघ सरकार सबैलाई सहयोगकालागि अपिल गर्नु भयो ।
कार्यक्रममा लोजपाका नेता राजनारायण कुर्मी, हरि साह , जय नारायण यादव, क्लबका पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया