logo

नेपाली कांग्रेसको १४ महाधिवेशन, पार्समा भएनन वडा अधिवेशन, पार्टी भित्र संचार भएन उमंग र उत्साह

 इसीमाना सम्वाददाता     २०७८ भदौ २२ गते ०२: ४६ मा प्रकाशित     809   पटक पढिएको

नेपाली कांग्रेसले १४ राष्ट्रीय महाधिवेशनको केन्द्रीत कार्यतालिका सार्वजनीक गरेको भएपनि त्यसको तरंग पर्सा जिल्लामा भने देखिएको छैन । 

 


भदौ १८ गते देश भरि वडा अधिवेशन गर्ने कार्यतालिका कांग्रेसले सार्वजनीक गरेको थियो । तर पर्सामा कुनै पनि वडाअधिवेशन भएको छैन ।

 

क्रियाशिल सदस्यता सम्बन्धी बिवाद भएका कारण अधिवेशन हुन नसकेको नेपाली कांग्रेसका केही नेताको भनाई छ । तर केही नेताहरुले सृजना गरेको बिवादका कारण समस्या भएको अर्को पक्षको भनाई छ ।

 

कृत्रिम रुपमा क्रियाशिल सदस्यताको बिवाद उठाइएकोले अधिवेशन हुन नसकेको नेपाली कांग्रेस पर्साका एक नेताजे जनाएका छन ।

 

नेपाली कांग्रेस पर्सा भित्र बर्तमान सभाति अजय कुमार द्विवेदी र एक तर्फ र अर्को तर्फ रमेश रिजाल , अजय चौरसिया, सुरेन्द्र चौधरी लगायतका नेताहरुको समुह रहेको छ ।

 

अहिलेको जिल्ला नेतृत्वको बिरोधी समुहमा रहेका नेताहरुनै क्रियाशिल सदस्यताको समस्या उठाउने र त्यसलाई सुल्झाउन चासो नदेखाउने प्रवृतिका कारण पनि समस्याले निकास पाउन सकेको छैन । 

 


जिल्लामा १ महानगर,तीन नगरपालिका र १० गाउँपालिका रहेका छन ।  कुनै पनि तहमा रहेको वडामा अधिवेशन भने भएको छैन ।

 

वडा अधिवेशन नभएकै कारण सार्वजनीक भएको कार्यतालिका पर्सामा प्रभावित हुने भएको छ । पार्टीले महाधिवेशनकोे बिशाल आयोजन गर्ने घोषणा गर्दा समेत नेपाली कांग्रेसको पर्सामा उत्साह, र उमंग पनि देखिएको छैन । 

महाधिवेशनकै सिलसिलामा यही भदौ २७ गते नगर अधिवेशन हुने तय छ।  अगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ। 

 

असोज ५ गते क्षेत्रको अधिवेशन हुने निर्वाचन तालिका छ। तालिका अनुसार असोज १० गते जिल्ला अधिवेशन हुने छ। 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.