logo

यौन उत्पीडिन मुक्त कार्यस्थलकालागि आइएलओ १९० अनुमोदन गर्न नेपाली मजदुरको माँग

 इसीमाना सम्वाददाता     २०७८ असोज २१ गते ०५: ५८ मा प्रकाशित     796   पटक पढिएको

यौन हिंसा र यौन उत्पीडिन मुक्त कार्यस्थल हामी सबैको अधिकार हो भन्ने मुल नाराका साथ ट्रेड युनियन संगठनले बीरगंजमा प्रर्दशन तथा गोष्ठी सम्पन्न गरेका छन । 

 


नेपालका तीन प्रमुख मजदुर संगठनहरु नेपाल ट्रेड युनियन महासंघ, नेपाल ट्रेड युनियन कांग्रेस र अखिल नेपाल ट्रेड युनियन महासंघको संयुक्त आयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।  

 

इन्डस्ट्रीयल ग्लोबल युनियनको नेपाल सचिवालयको तर्फबाट देशब्यापी रुपमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यस्थलमा हुने यौनजन्य हिंसा नियन्त्रणकालागि आइएलओ कन्भेन्शन १९० लाई अनुमोदन गर्न नेपाल सरकारसंग टे«ड युनियनहरुले माँग समेत गरेका छन । 


तीनवटै संगठनमा संगठीत मजदुरहरुले न्यूनतम बेतमान लागु गर, सामाजिक सुरक्षा कोष कार्यान्वयन गर, श्रम ऐन कार्यान्वयन गर आइएलओ कन्भेन्सन १९० अनुमोदन गर जस्ता नारा लगाउदै बीरगंजको घण्टाघरबाट निस्केको जुलुशले बीरगंजको मूख्य शहरको परिक्रमा गरि होटेल कुमु प्यालेशमा पुगेर गोष्ठीमा परिणत भएको थियो । 


समग्र उधोग ट्रेड युनियनका अध्यक्ष आनन्द थामीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघका कमलेश झा नेपाल ट्रेड युनियन कांग्रेसका लक्षमण कुर्मी, अमृतलाल जोशी, समग्र उधोग ट्रेड युनियनका केन्द्रीय सदस्य गीता भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने बेनी तिमिल्सिना लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खाजा खर्च कटाएर विद्यार्थीले प्रधानमन्त्री राहत कोषमा गरे सहयोग

वीरगञ्ज । श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, रामभौरी भाठाका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी प्रधानमन्त्री राहत कोषमा सहयोग गरेका छन्।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.