logo

पार्टीले टिकट बेचेको शहीद पत्नीको आरोप , बिवेकशिलबाट दिइन उम्मेदवारी

 इसीमाना सम्बाददाता     २०७९ बैशाख १२ गते ०२: ११ मा प्रकाशित     828   पटक पढिएको

कार्यवाहक वडाध्यक्ष भएर बीरगंजको सबैभन्दा ठुलो वडा चलाएकी बिनिता देवीक कलवारले बिवेकशिल साझा पार्टीवाट बीरगंज महानगरको वडा नं १६को वडाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन ।

 

जनता समाजवादी पार्टीबाट वडाध्यक्षमा निर्वाचित श्यामबाबु चौरसिया भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि उनले तीन वर्ष कार्यवाहक अध्यक्षका रूपमा वडाको काम संचालन गरेकी थिइन।


२०७२ भदौ १४ गते मधेश आन्दोलनमा प्रहरीको गोली लागि शहीद भएका बीरगंज १६ का सोहन कलवारकी धर्मपत्नी बबितालाई पहिलो स्थानीय निर्वाचनमा जसपाले वडासदस्यमा उम्मेदवार बनाएको थियो ।

 

अहिले आफनै पार्टीले टिकट नदिएपछि उनले वीरगन्ज महानगर– १६ को वडाध्यक्षमा विवेकशील साझाबाट उम्मेदवारी दर्ता गराएकी हुन्। पार्टीले टिकट बेचेको उनले गम्भिर आरोप लगाएकी, छिन । मधेशी जनताको हक अधिकारकोलागि शहादत प्राप्त गर्नेको परिवारलाई टिकट नदिएर पैसा भएकाहरुलाई टिकट बेचिएको उनको आरोप छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.