logo

पोखरियामा जसपा र माओवादी केन्द्रवीच सहमती , जसपाका तीन वडाध्यक्ष पछि हट्ने

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २२ गते ०५: ४१ मा प्रकाशित     416   पटक पढिएको

पर्साको पोखरियामा नगरपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका बीचमा मिलेर चुनाव लड्ने बिषयमा सहमती भएको छ । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका स्थानीय नेताहरुको आज सम्पन्न छलफलले यस्तो सहमती गरेको हो ।

 

पोखरिया नगरपालिकामा नेकपा माओवादी केन्द्रले ६ वटा वडामा उम्मेदवारी दिएको नेकपा माओवादीका नेता रामबाबु बैठाले बताए । पोखरिया नगरपालिकाका उपमेयर सलमा खातुनले पनि सामाजिक संजाल मार्फत छलफल हुदै गर्दाको फोटो राखेर दुबै पार्टीका वीचमा सहमती भएको कुरालाई सार्वजनीक गरेकी छिन ।

 


पोखरिया नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादी केन्द्रले जनता समाजवादी पार्टीलाई सघाउने माओवादी नेता बैठाले बताए । भरे सम्ममा वडाको प्रतिस्पर्धाको अवस्थाको मूल्याकंन गरि जुन वडामा जो बलियो छ त्यसैलाई सघाउने गरि सहमती भएको बैठाले जानकारी दिए ।

 

बैठाले भरे साँझ सम्म यो कुराको छिनोफानो हुने गरि छलफल अगाडि बढेको बताए । उनका अनुसार नेकपा माओवादी केन्द्रले कम्तीमा तीन वटा वडा पाउने कुरा ठोकुवा गरे । त्यो चार पनि हुन सक्छ उनले भने वडामा रहेको राजनीतिक शक्ति सन्तुलनको आधारमा निर्णय हुने भएकोले चार हुन पनि मिल्छ । यसरी मिल्दा जनता समाजवादी पार्टीका तर्फबाट निर्वाचनको मैदानमा रहेका तीन उम्मेदवार पछि हटनु पर्ने अवस्था बन्ने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.