logo

कांग्रेसका बुथ उपसभापति जसपमा प्रवेश

 इसीमाना सम्वाददता     २०७९ बैशाख २२ गते ०८: २६ मा प्रकाशित     355   पटक पढिएको

नेपाली कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जसपाले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्षुमनवामा आयोजना गरेको पार्टी प्रवेश एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका बुथ उपसभापतिसहित रामवचन पटेलसहित दर्जनौं नेता तथा कार्यकर्ताले जसपा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद् प्रदीप यादव, जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, महानगर अध्यक्ष इश्वर यादव, वडा अध्यक्ष पदका उम्मेदवार रमेश यादवलगायतले फुलमाला र गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री लालाबू राउतले जसपा नेतृत्वमा मधेश प्रदेशले विकासमा फड्को मारेको र जसपाकै नेतृत्वमा वीरगञ्जले पनि विकास गर्ने विश्वास व्यक्त गर्दै पार्टीबाट उठेका सम्पूर्ण उम्मेदवरहरुलाई छाता छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।

महानगरमा यसअघि रहेको नेतृत्वले प्रदेश सरकारसँग कुनै समन्वय नगरेको र सहयोग गर्न चाहेपनि नलिएको आरोप लगाउँदै मुख्यमन्त्री राउतले वीरगञ्जको मेयरमा राजेशमान सिंह जिते सबै पक्षसँग समन्वय गरेर काम गर्ने विश्वास व्यक्त गरे ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

पाठेघर खस्ने समस्या बारे अन्तरक्रिया सम्पन्न

मधेशका महिलाहरुमा पाठेघर खस्ने समस्या अत्याधिक रहेपनि खुलेर स्वास्थ्य संस्था सम्म पुग्न नसकेको पाइएको छ ।

२ सय १६ किलो गाँजा सहित कोइराला र घलान पक्राउ

निजगढ। बारा प्रहरीले मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ३ का दीपक कोइराला र टौँडा उपमहानगरपालिका–१३ पदम पोखरी बस्ने ३० वर्षका जिबन घलानलाई पक्राउ गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.