logo

कांग्रेसका बुथ उपसभापति जसपमा प्रवेश

 इसीमाना सम्वाददता     २०७९ बैशाख २२ गते ०८: २६ मा प्रकाशित     653   पटक पढिएको

नेपाली कांग्रेसका दर्जनौं नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् ।

जसपाले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्षुमनवामा आयोजना गरेको पार्टी प्रवेश एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका बुथ उपसभापतिसहित रामवचन पटेलसहित दर्जनौं नेता तथा कार्यकर्ताले जसपा प्रवेश गरेका हुन् ।

नव प्रवेशीहरुलाई मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, संघीय सांसद् प्रदीप यादव, जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद, महानगर अध्यक्ष इश्वर यादव, वडा अध्यक्ष पदका उम्मेदवार रमेश यादवलगायतले फुलमाला र गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मधेश प्रदेशका मुख्यमन्त्री लालाबू राउतले जसपा नेतृत्वमा मधेश प्रदेशले विकासमा फड्को मारेको र जसपाकै नेतृत्वमा वीरगञ्जले पनि विकास गर्ने विश्वास व्यक्त गर्दै पार्टीबाट उठेका सम्पूर्ण उम्मेदवरहरुलाई छाता छापमा मतदान गरेर विजयी बनाउन आग्रह गरे ।

महानगरमा यसअघि रहेको नेतृत्वले प्रदेश सरकारसँग कुनै समन्वय नगरेको र सहयोग गर्न चाहेपनि नलिएको आरोप लगाउँदै मुख्यमन्त्री राउतले वीरगञ्जको मेयरमा राजेशमान सिंह जिते सबै पक्षसँग समन्वय गरेर काम गर्ने विश्वास व्यक्त गरे ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.