logo

माओवादी नेता अन्सारीको सवाल भोली माओवादीकोस्थान काहाँ रहन्छ ?

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २४ गते ०२: ५५ मा प्रकाशित     724   पटक पढिएको

नेकपा माओवादी केन्द्र वीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारीले जेठ २ पछि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले एमाओवादी केन्द्रलाईचिन्छ कि चिन्दैन भन्ने प्रश्न गरेका छन । माओवादी सहितको गठबन्धनलाईजिताउनु आफनो प्राथामिकता रहेको बताएका अन्सारीले वडामा आफना उम्मेदवारलाई जिताउने गरी अभियान चलाएका छन ।

 

नेकपा माओवादी केन्द्र वडा नम्बर १४ का वडा अध्यक्षका उम्मेदवार फत्ते आलमको वीरगन्ज चिनी कारखाना आवास क्षेत्रमा शनिबार भएको घरदैलो कार्यक्रममा माओवादीका उम्मेदवार सहितको गठबन्धनलाई जिताउन आफू भोट माग्दै हिडेको उनले बताए ।

 

महानगरपालिकामा मेयर र उपमेयरमा पाँचदलीय गठबन्धन भएपनि वडा अध्यक्षमा कसैले नछोडेकोले माओवादीलाई वडाहरुमा जिताउन आफू लागि परेको बताए । गठबन्धन गरेका नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी सबैले आ–आफ्ना उम्मेदवार उठाएकोले वडाका माओवादी उम्मेदवारलाई जिताउनु आफ्नो पहिलो दायित्व भएको बताए ।

 

वडा अध्यक्षमा माओवादीले उठाएको उम्मेदवारलाई छोड्ने हो भने भोली माओवादीको स्थान कहाँ रहन्छ ? उनले भने यदी पार्टीलाईजीवन्त राख्ने हो भने वडाध्यक्षका उम्मेदवार जिताउने अभियानमा लाग्नैपर्छ ।”

माओवादी केन्द्रको महानगर अध्यक्षको हैसियतले महानगरपालिकाको वडाहरुमा उम्मेदवार भएका माओवादी साथीहरुलाई जिताउनु पर्ने दायित्व भएको उनले बताए ।

 

शनिबार बिहान भएको घरदैलो कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य शेष चाँदतारा, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, मधेस प्रदेशका सचिव मूनेश कुमार लायो मगर,

अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष हिरा भट्टराई, जिल्ला सदस्य कमल बहादुर पिठाकोटे मगर, वडा नम्बर १४ का वडा अध्यक्षका उम्मेदवार फत्ते आलम, कहरसिंह आले मगर, सूर्य कुमारी दर्लामी लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.