logo

एमाले उम्मेदवार पटेलको निर्वाचन आयोगलाई आग्रह चार दिन जोगाईदिनुस

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २६ गते ०५: २४ मा प्रकाशित     748   पटक पढिएको


निर्वाचन आयोगलाई निर्वाचन आचार सहिता देखाउने खोस्टो हो की कार्यान्वयन गर्नकालागि गरिएको प्रवन्ध हो भन्दै नेकपा एमालेका नेता शिव पटेलले प्रश्न उठाएका छन छ ।

 

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै नेता पटेलले निर्वाचन आचार सहिताको चीरहरण हुदा समेत आयोग मौन रहेको प्रति असन्तुष्टि जनाए । बहुदरमाई नगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमखका उम्मेदवार समेत रहेका पटेलले विपक्षी दलले निर्वाचन अचारसंहिता ठाडै उल्लेघन गरिरहेपनि निर्वाचन कार्यालय र स्थानीय प्रशासनले कुनै वास्ता नगरेको आरोप लगाएका छन्।


नेता पटेलले निर्वातमान मेयर र वडाध्यक्षहरुले रकमको चलखेल गरेर मतदातालाइ प्रभावित पार्ने काम गरिरहेको आरोप लगाए। रकमी चलखेलको जनताले प्रतिवाद गर्दा वादविवाद र झडप पनि भएको तर निर्वाचन कार्यालय र प्रहरी प्रशासन भने मुकदर्शक बनेर बसेको पटेलले आरोप लगाए।

 

बैशाख ३० को मिति नजिकदै जाँदा दुई चार दिनयता देखि दिनहुँ विपक्षी दलका उम्मेदवारहरुले गलत हर्कत र गतिविधिीगर्दै आएपछि जनताले प्रतिवाद गर्दा अवस्था तनावपूर्ण बन्दै गएको पटेलले बताए। यसअघि पैसाको बलमा फेरि चुनाव जिति हाल्छौ भनेकाहरुले नै अहिँले रकम बाँडेर मतदातालाइ प्रभावित गर्न खोजी रहेको उनले बताए।

 

दुई दिन पहिले वडा नम्बर २ सिसिँयाडी बैरीयामा निवर्तमान वडाध्यक्ष र अहिलेका कांग्रेस उम्मेदवार जितेन्द्र पटेलले रातिको ११ बजे पैसा बाड्न आएका बेला जनताले प्रतिवाद गर्दा अवस्था निक्कै तनावपूर्ण बनेको उनले बताए।


आइतबार रातिपनि वडा नम्बर ९ विश्रामपुरमा निवर्तमान मेयरसमेत रहेका कांग्रेसका मेयर उम्मेदवार नितेन्द्र साहले एउटा घरमा बसेर रकमको चलखेल गर्न खोज्दा स्थानीयले घेरा हालेर प्रतिवाद गरेको र त्यसक्रममा एक जनाको हात पनि भाचिएको पटेलले बताए। तर आरोप भने उल्टै एमालेका उम्मेदवारहरु माथि लागेको भन्दै पटेलले भने,‘हामीलाई पैसाले भोट किन्ने आवश्यकता नै छैन, जनता माथि भरोसा छ, हामी जनताको मतले चुनाव जित्दैछौं।

बहुदरमाइ नगरपालिकामा दिनहुँ यस्ता घटना भइरहेपनि निर्वाचन कार्यालय र प्रहरी प्रशासनले भने कुनै कदम नउठाएकाले अवस्था झन बिग्रने खतरा देखिएको पटेलले बताए।

बैशाख २७ गते रातिदेखि मौन अवधी सुरु हुने र त्यो अवधीमा पैसाको चलखेल झन धेरै हुने सम्भावना देखिएको भन्दै पटेलले भने,‘प्रहरी प्रशासनलाई म आग्रह गर्छु, अबको ४ दिन जोगाइ दिनुस् नत्र अवस्था झन भयावह पनि हुन सक्छ। उनले निर्वाचन स्वच्छ र निष्पक्ष बनाइ दिन निर्वाचन कार्यालय र प्रहरी प्रशासनसंग आग्रह पनि गरे।


पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ता, उपमेयरका उम्मेदवार सुष्मा कुशवाहा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षताप्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बन्जाराले गरेका थिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.