logo

एमाले उम्मेदवार पटेलको निर्वाचन आयोगलाई आग्रह चार दिन जोगाईदिनुस

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २६ गते ०५: २४ मा प्रकाशित     584   पटक पढिएको


निर्वाचन आयोगलाई निर्वाचन आचार सहिता देखाउने खोस्टो हो की कार्यान्वयन गर्नकालागि गरिएको प्रवन्ध हो भन्दै नेकपा एमालेका नेता शिव पटेलले प्रश्न उठाएका छन छ ।

 

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै नेता पटेलले निर्वाचन आचार सहिताको चीरहरण हुदा समेत आयोग मौन रहेको प्रति असन्तुष्टि जनाए । बहुदरमाई नगरपालिकामा नेकपा एमालेको तर्फबाट प्रमखका उम्मेदवार समेत रहेका पटेलले विपक्षी दलले निर्वाचन अचारसंहिता ठाडै उल्लेघन गरिरहेपनि निर्वाचन कार्यालय र स्थानीय प्रशासनले कुनै वास्ता नगरेको आरोप लगाएका छन्।


नेता पटेलले निर्वातमान मेयर र वडाध्यक्षहरुले रकमको चलखेल गरेर मतदातालाइ प्रभावित पार्ने काम गरिरहेको आरोप लगाए। रकमी चलखेलको जनताले प्रतिवाद गर्दा वादविवाद र झडप पनि भएको तर निर्वाचन कार्यालय र प्रहरी प्रशासन भने मुकदर्शक बनेर बसेको पटेलले आरोप लगाए।

 

बैशाख ३० को मिति नजिकदै जाँदा दुई चार दिनयता देखि दिनहुँ विपक्षी दलका उम्मेदवारहरुले गलत हर्कत र गतिविधिीगर्दै आएपछि जनताले प्रतिवाद गर्दा अवस्था तनावपूर्ण बन्दै गएको पटेलले बताए। यसअघि पैसाको बलमा फेरि चुनाव जिति हाल्छौ भनेकाहरुले नै अहिँले रकम बाँडेर मतदातालाइ प्रभावित गर्न खोजी रहेको उनले बताए।

 

दुई दिन पहिले वडा नम्बर २ सिसिँयाडी बैरीयामा निवर्तमान वडाध्यक्ष र अहिलेका कांग्रेस उम्मेदवार जितेन्द्र पटेलले रातिको ११ बजे पैसा बाड्न आएका बेला जनताले प्रतिवाद गर्दा अवस्था निक्कै तनावपूर्ण बनेको उनले बताए।


आइतबार रातिपनि वडा नम्बर ९ विश्रामपुरमा निवर्तमान मेयरसमेत रहेका कांग्रेसका मेयर उम्मेदवार नितेन्द्र साहले एउटा घरमा बसेर रकमको चलखेल गर्न खोज्दा स्थानीयले घेरा हालेर प्रतिवाद गरेको र त्यसक्रममा एक जनाको हात पनि भाचिएको पटेलले बताए। तर आरोप भने उल्टै एमालेका उम्मेदवारहरु माथि लागेको भन्दै पटेलले भने,‘हामीलाई पैसाले भोट किन्ने आवश्यकता नै छैन, जनता माथि भरोसा छ, हामी जनताको मतले चुनाव जित्दैछौं।

बहुदरमाइ नगरपालिकामा दिनहुँ यस्ता घटना भइरहेपनि निर्वाचन कार्यालय र प्रहरी प्रशासनले भने कुनै कदम नउठाएकाले अवस्था झन बिग्रने खतरा देखिएको पटेलले बताए।

बैशाख २७ गते रातिदेखि मौन अवधी सुरु हुने र त्यो अवधीमा पैसाको चलखेल झन धेरै हुने सम्भावना देखिएको भन्दै पटेलले भने,‘प्रहरी प्रशासनलाई म आग्रह गर्छु, अबको ४ दिन जोगाइ दिनुस् नत्र अवस्था झन भयावह पनि हुन सक्छ। उनले निर्वाचन स्वच्छ र निष्पक्ष बनाइ दिन निर्वाचन कार्यालय र प्रहरी प्रशासनसंग आग्रह पनि गरे।


पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य राजकुमार गुप्ता, उपमेयरका उम्मेदवार सुष्मा कुशवाहा लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षताप्रेस चौतारी नेपाल पर्साका अध्यक्ष श्याम बन्जाराले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.