logo

गठबन्धनप्रति जसपाको बेइमानीः प्रमुखमा राजेशमानको बढाईचढाई, उपप्रमुख छायामा

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २६ गते ०७: १३ मा प्रकाशित     3854   पटक पढिएको

चुनावी गठबन्धनको मर्म र भावनाविपरीत नेपाली कांग्रेसका कार्यकर्ता आफ्नो दलमा छिराएर कांग्रेसलाई कमजोर बनाउने खेलमा लागेको जनता समाजवादी पार्टी (जसपा) गठबन्धनमा कांग्रेसबाट उपप्रमुखका उम्मेदवारलाई समेत हराउने दाउमा लागेको देखिएको छ ।

 


कांग्रेसलाई कमजोर पार्नुमै आफ्नो राजनीतिक भविष्य सुरक्षित देखेका जसपाका मेयर उम्मेदवार राजेशमान सिंहदेखि उनको खास सारथीको रुपमा यतिबेला स्वार्थ मिलान भएका प्रदीप यादव र मेधस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतहरु गठबन्धनबाट आफूहरुले मात्रै फाईदा लिएर कांग्रेसलाई थाङ्नामा सुताउने प्रपञ्चमा लागेको आभास कांग्रेसी कार्यकर्ताहरुलाई भएको छ ।


कांग्रेसको किल्लामा कांग्रेसको पुच्छर समातेर मेयर पदको कुर्सीमा आफ्ना उम्मेदवारलाई पु¥याउने दाउमा लागेको जसपा भित्रभित्रै उपमेयरमा इम्तियाज आलमलाई भने हराउने खेलमा लागेको टिप्पणी हुन थालेको छ ।

मेयरमा जसपाका राजेशमानलाई जिताएर उपमेयरमा कांग्रेसका उम्मेदवारलाई हराउन सकिए कांग्रेसको शक्ति कमजोर बनाउन सकिने प्रपञ्च अन्तरगत यो काम भइरहेको बुझाई कांग्रेस कार्यकर्ताको छ ।
वीरगञ्जमा कांग्रेस नै मुख्य राजनीतिक शक्ति भएकाले गठबन्धनको आवरणमा कांग्रेसलाई धुलो चटाउन सकिए आफ्नो राजनीतिक पकड बलियो बनाउने बद्नियत जसपाको देखिएको छ ।


गठबन्धनको रुपमा कांग्रेसको भोटको बलमा चुनाव जित्ने र कांग्रेसका उपमेयरलाई हराएर वीरगञ्जमा राजनीतिक वर्चश्व बनाउने रणनीतिअनुसार जसपाले धोकाधडीको राजनीति शुरु गरेको कांग्रेसका सचेत नेता कार्यकर्ताहरुले बुझिसकेका छन् । यसको शुरुआती संकेत जसपाले कांग्रेसकै कार्यकर्ता आफ्नो दलमा प्रवेश गराएर दिइसकेको छ ।


जसपा गठबन्धनको मुख्य नेतृत्वकारी दल हो । गठबन्धनका सहयात्रीहरुलाई समन्वय गर्ने र सबेलाई समेटेर हिड्ने उसको दायित्व भएपनि त्यो अनुरुपको ब्यवहार नगरेको कांग्रेसीहरुको बुझाई छ । नेपाली कांग्रेस र जसपा दुबैले महानगरका ३२वटै वडामा सटेमै उम्मेदवारी दिएका छन । घरदैलोमा मेयर उमपेयर र वडाध्यक्षका उम्मेदवारसंगै देखिएका छैनन ।

 

मेयर र उपमेर समेत संगै कमै मात्र देखिएका छन । वडाध्यक्षका उम्मेदवारको भेला बोलाइएको भनिएको पनि त्याहा दुबै पार्टीका सबै उम्मेदवार उपस्थित नरहेको नेपाली कांग्रेसका एक पूर्व पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

 

वडध्यक्षहरुको भेला हुदा गठबन्धनका सबै वडाध्यक्षहरु सहभागि भएको भए करिब १ सय जनाको सहभागिता रहनु पर्ने हो तर त्यस्तो नभएको उनले दावी गरे । यो गठबन्धन ,गठबन्धनको संस्कार र संस्कृति प्रति जिम्मेवार नएको उनको टिप्पणी छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.