logo

बीरगंजमा गुण्डागर्दीको राज चल्दैनः मेयर उम्मेदवार सरावगी

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २७ गते ०६: ०० मा प्रकाशित     1079   पटक पढिएको

बीरगंज महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार बिजय कुमार सरावगीले आफूले गरेको बिकासको बारेमा जसपामा रहेका नेताहरुले कहिल्यै राम्रो टिप्पणी नगरेको बताएका छन ।बेटी पढाई बेटी बचाई अन्र्तगत छोरी बिमा र साइकल बितरणमा भ्रष्टचार मात्र गरेको आरोप लगाए ।बीरगंजको आदर्शनगरमा आज आयोजीत रा.ड शो पछिको सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

 

साढे ४ वर्ष बिकास भएको त्यसको आधार बनाएको चर्चा गर्दै सरावगीले अव बिकासको गतीमा दौडीने हो अरु आए बुझ्न र सिक्न नै समया जाने बताए ।
हिजो नगवामा मेरो उम्मेदवार भेटन जादा अलोकतान्त्रिक चरित्र प्रर्दशन गर्दै गुण्डागर्दी शैलीमा मलाई घेरामा हालियो मेरो सहयोगीलाई कुटपीट गरियो सरावगीले भने अव त्यो गुण्डागर्दीको राज चल्दैन ।

 

उनले भने भातृत्व र मानवता बिरुद्धको अपराध गर्ने जुन काम नगवामा गरियो म र त्याहाका नागरिकसंग जुन अर्मादित ब्यवहार गरियो त्यस्तो प्रवृतिलाई माफ नगर्न अपिल गरे उनले भने त्यस्ता प्रवृतिलाई बढन नदिन नो भोट गर्न नागरिकसंग अपिल गरे । उनले प्रहरीलाई धन्यवाद दिए । मलाई प्रहरीले सकुशल उद्धार गर्यो म प्रहरीलाई आभार प्रकट गर्दछु सरावगीले भने ।

 

अव मुलुकमा संघमा र प्रदेशमा नेकपा एमालेको सरकार बन्छ सरावगीले भने त्यो सरकारसंगको सहकार्यमा बीरगंजको विकास हुन्छ । र्सिसिया नदीलाई कोरिडोरको रुपमा बिकास गर्छौ , र्सिसिया नदी राम्रो बन्ने बनाउछौ । बीरगंजवासी हामी ४० प्रतिशत राजस्वदिने मात्र भयौ । आइसीपी र आइसीडी मात्र बन्यो । अरुसबै यहीका नागरिकले बनाएका हुन ।

 

जनताले दूःख पाएपछि महानगरलाई गाली गर्छन । त्रिभूवन राजपथको टेण्डर भएको छ तर आफूलाई बदनाम गर्ने गरि त्यसलाई बिभिन्न बाहनामा रोक्न लगाएर आफूलाई बदनाम गर्ने षडयन्त्र गरेको उनले बताए ।

प्रतिनिधि सभाका सदस्यले पटक पटक झूठो बोल्दै सासदमा माफि मागेको इतिहास छ । अहिले पनि झूठो बोल्दै गरेको उनले बताए । कुमारी बैंक मा मेरो नाममा ५० करोड रुपैया मुद्धती खातामा छ भन्दे भाषण गरे तर सत्य के थियो भने त्याहा बचत खाता पनि फेला परेन ।

 

एमालेका नेता सरावगीले भने राजेशमान सिंहको ब्यक्तित्व राम्रो होला तर बिजय सरावगीको बिकल्प छैन । सामाजिक बिकासकोलागि पूर्वाधार बिकासकोलागि पूर्णरुपमा आर्थिक नगरि बनाउनकालागि पनि आफूलाई जिताउन उनले आग्रह गरे ।

 

तपाई आफ्ना इष्टमित्र आफन्तजन लाई सरावगी र उपमेयरमा पुरुषोत्तम झालाई जिताउन हार्दिक अनुरोध छ । हरेक वडाबाट सूर्य र साइकलका उम्मेदवारलाई जिताउनु होला । सेना बिनाको सेनापतीको काम छैन । पूर्ण बहुमत दिनु होला । बिजय सरावगीले भ्रष्टचार गरेको छैन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.