logo

बीरगंजमा गुण्डागर्दीको राज चल्दैनः मेयर उम्मेदवार सरावगी

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २७ गते ०६: ०० मा प्रकाशित     939   पटक पढिएको

बीरगंज महानगरपालिकामा नेकपा एमालेका उम्मेदवार बिजय कुमार सरावगीले आफूले गरेको बिकासको बारेमा जसपामा रहेका नेताहरुले कहिल्यै राम्रो टिप्पणी नगरेको बताएका छन ।बेटी पढाई बेटी बचाई अन्र्तगत छोरी बिमा र साइकल बितरणमा भ्रष्टचार मात्र गरेको आरोप लगाए ।बीरगंजको आदर्शनगरमा आज आयोजीत रा.ड शो पछिको सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

 

साढे ४ वर्ष बिकास भएको त्यसको आधार बनाएको चर्चा गर्दै सरावगीले अव बिकासको गतीमा दौडीने हो अरु आए बुझ्न र सिक्न नै समया जाने बताए ।
हिजो नगवामा मेरो उम्मेदवार भेटन जादा अलोकतान्त्रिक चरित्र प्रर्दशन गर्दै गुण्डागर्दी शैलीमा मलाई घेरामा हालियो मेरो सहयोगीलाई कुटपीट गरियो सरावगीले भने अव त्यो गुण्डागर्दीको राज चल्दैन ।

 

उनले भने भातृत्व र मानवता बिरुद्धको अपराध गर्ने जुन काम नगवामा गरियो म र त्याहाका नागरिकसंग जुन अर्मादित ब्यवहार गरियो त्यस्तो प्रवृतिलाई माफ नगर्न अपिल गरे उनले भने त्यस्ता प्रवृतिलाई बढन नदिन नो भोट गर्न नागरिकसंग अपिल गरे । उनले प्रहरीलाई धन्यवाद दिए । मलाई प्रहरीले सकुशल उद्धार गर्यो म प्रहरीलाई आभार प्रकट गर्दछु सरावगीले भने ।

 

अव मुलुकमा संघमा र प्रदेशमा नेकपा एमालेको सरकार बन्छ सरावगीले भने त्यो सरकारसंगको सहकार्यमा बीरगंजको विकास हुन्छ । र्सिसिया नदीलाई कोरिडोरको रुपमा बिकास गर्छौ , र्सिसिया नदी राम्रो बन्ने बनाउछौ । बीरगंजवासी हामी ४० प्रतिशत राजस्वदिने मात्र भयौ । आइसीपी र आइसीडी मात्र बन्यो । अरुसबै यहीका नागरिकले बनाएका हुन ।

 

जनताले दूःख पाएपछि महानगरलाई गाली गर्छन । त्रिभूवन राजपथको टेण्डर भएको छ तर आफूलाई बदनाम गर्ने गरि त्यसलाई बिभिन्न बाहनामा रोक्न लगाएर आफूलाई बदनाम गर्ने षडयन्त्र गरेको उनले बताए ।

प्रतिनिधि सभाका सदस्यले पटक पटक झूठो बोल्दै सासदमा माफि मागेको इतिहास छ । अहिले पनि झूठो बोल्दै गरेको उनले बताए । कुमारी बैंक मा मेरो नाममा ५० करोड रुपैया मुद्धती खातामा छ भन्दे भाषण गरे तर सत्य के थियो भने त्याहा बचत खाता पनि फेला परेन ।

 

एमालेका नेता सरावगीले भने राजेशमान सिंहको ब्यक्तित्व राम्रो होला तर बिजय सरावगीको बिकल्प छैन । सामाजिक बिकासकोलागि पूर्वाधार बिकासकोलागि पूर्णरुपमा आर्थिक नगरि बनाउनकालागि पनि आफूलाई जिताउन उनले आग्रह गरे ।

 

तपाई आफ्ना इष्टमित्र आफन्तजन लाई सरावगी र उपमेयरमा पुरुषोत्तम झालाई जिताउन हार्दिक अनुरोध छ । हरेक वडाबाट सूर्य र साइकलका उम्मेदवारलाई जिताउनु होला । सेना बिनाको सेनापतीको काम छैन । पूर्ण बहुमत दिनु होला । बिजय सरावगीले भ्रष्टचार गरेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.