logo

देशका छ वटै महानगरमा एमाले बिजयी हुने एमाले नेता पोखरेलको दावी

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २७ गते ०९: ३० मा प्रकाशित     726   पटक पढिएको

नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले नीति, सिद्धान्त नमिले पनि गठबन्धनको नाममा सत्ताधारी दलहरु एक ठाउँमा पोको परेको बताए । बीरगंजमा पार्टीले आयोजना गरेको सभामा बोल्दै नेता पोखरेलले एमालेलाई सिध्याउने उनीहरुसंग एक मात्र उद्धेश्य रहेको बताए । के.पी.ओलीले नेतृत्व गरेको एमाले उनीहरुकोलागि फलामको चिउरा भएको छ ।

 

एमालेलाई सिध्याउने नेता पोखरेलले भने माधवकुमार नेपाल, शेरबहादुर देउवाहरु एमालेलाई सिध्याउने सपना नदेख, केपी ओली नेतृत्व गरेको एमाले सिध्दिदैन, एमाले हिजोभन्दा अझ सशक्त भएर मुलुकको नेतृत्वदायी भूमिकामा आफ्नो उपस्थित गर्नेछ ।’
बीरगंजका नागरिकलाई मुलुकका अन्य ५ महानगर एमालले जित्ने सन्देश दिदै नेता पाखेरलेले बीरगंज महानगरपालिका पनि एमालले जित्ने तपाईहरुको जनताको सहभागिताले देखाएको बताए ।


बेला बेलामा हिन्दीसमेत बोलेका नेता पोखरेलले छिमेकी मुलुक भारतका प्रधानमन्त्रीसँग आँखामा आँखा जुधाएर बोल्न सक्ने व्यक्ति केपी ओली मात्रै भएको दावी गरे ।
नेता पोखरेलले वीरगञ्ज महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विजयकुमार सरावगीले वीरगञ्जबासीको सपना पूरा गर्ने बताए ।

‘विजय सरावगीको तीन वटा कुराबाट म प्रभावित छु, एउटा विकास प्रेमी निष्कलंक मान्छे, मलाई लोभ लाग्थ्यो, यति राम्रो मान्छे एमालेमा आए हुन्थ्यो भन्ने लाग्थ्यो, आउनु पनि भयो’ उनले भने ।

कार्यक्रममा पूर्व मन्त्री, सांसद एवं लोसपाका नेता बिमल श्रीवास्तवले वीरगञ्जको विकास चाहने कि विनाश रोज्ने भन्ने निर्णय गर्ने घडी आएको बताए । उनले स्थानीय चुनावका लागि नभएर आफ्नो र सन्तानको कुर्सी जोगाउन सत्ताधारी दलका नेताले गठबन्धन गरेको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.