logo

देशका छ वटै महानगरमा एमाले बिजयी हुने एमाले नेता पोखरेलको दावी

 इसीमाना सम्वाददाता     २०७९ बैशाख २७ गते ०९: ३० मा प्रकाशित     842   पटक पढिएको

नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेलले नीति, सिद्धान्त नमिले पनि गठबन्धनको नाममा सत्ताधारी दलहरु एक ठाउँमा पोको परेको बताए । बीरगंजमा पार्टीले आयोजना गरेको सभामा बोल्दै नेता पोखरेलले एमालेलाई सिध्याउने उनीहरुसंग एक मात्र उद्धेश्य रहेको बताए । के.पी.ओलीले नेतृत्व गरेको एमाले उनीहरुकोलागि फलामको चिउरा भएको छ ।

 

एमालेलाई सिध्याउने नेता पोखरेलले भने माधवकुमार नेपाल, शेरबहादुर देउवाहरु एमालेलाई सिध्याउने सपना नदेख, केपी ओली नेतृत्व गरेको एमाले सिध्दिदैन, एमाले हिजोभन्दा अझ सशक्त भएर मुलुकको नेतृत्वदायी भूमिकामा आफ्नो उपस्थित गर्नेछ ।’
बीरगंजका नागरिकलाई मुलुकका अन्य ५ महानगर एमालले जित्ने सन्देश दिदै नेता पाखेरलेले बीरगंज महानगरपालिका पनि एमालले जित्ने तपाईहरुको जनताको सहभागिताले देखाएको बताए ।


बेला बेलामा हिन्दीसमेत बोलेका नेता पोखरेलले छिमेकी मुलुक भारतका प्रधानमन्त्रीसँग आँखामा आँखा जुधाएर बोल्न सक्ने व्यक्ति केपी ओली मात्रै भएको दावी गरे ।
नेता पोखरेलले वीरगञ्ज महानगरपालिकाको मेयरमा एमालेका उम्मेदवार विजयकुमार सरावगीले वीरगञ्जबासीको सपना पूरा गर्ने बताए ।

‘विजय सरावगीको तीन वटा कुराबाट म प्रभावित छु, एउटा विकास प्रेमी निष्कलंक मान्छे, मलाई लोभ लाग्थ्यो, यति राम्रो मान्छे एमालेमा आए हुन्थ्यो भन्ने लाग्थ्यो, आउनु पनि भयो’ उनले भने ।

कार्यक्रममा पूर्व मन्त्री, सांसद एवं लोसपाका नेता बिमल श्रीवास्तवले वीरगञ्जको विकास चाहने कि विनाश रोज्ने भन्ने निर्णय गर्ने घडी आएको बताए । उनले स्थानीय चुनावका लागि नभएर आफ्नो र सन्तानको कुर्सी जोगाउन सत्ताधारी दलका नेताले गठबन्धन गरेको बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

रौनियार परिवारद्वारा विपद् उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

कलैया । विपद्का कारण प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सहयोग जुटाउने अभियानमा बारको कलैयाका रौनियार परिवारले उल्लेखनीय योगदान गरेको छ।

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.