logo

करको दरमा परमार्जन गर्न महानगरप्रमुख सिंहलाई उधोग वाणिज्य संघको आग्रह

 इसीमाना सम्वाददता     २०७९ जेठ १५ गते ०७: ४० मा प्रकाशित     556   पटक पढिएको

बीरगंज उधोग वाणिज्य संघले बीरगंज महानगरपालिकाले लिदै आएको करमा परिमार्जन गर्न महानगरप्रमुख राजेशमान सिंहसंग आग्रह गरेको छ ।

 


संघका अध्यक्ष सुवोध कुमार गुप्ताको नेतृत्वमा गएको उधोगी ब्यवसायीको टोलीले यस्तो आग्रह गरेको हो । नव निर्वाचित प्रमुख सिंहलाई बधाई समेत दिदे संघले बीरगंजमा ट्रन्सपोर्टनगर निर्माणमा समेत ध्यानाकर्षण गराएको थियो ।

 

टोलीले बीरगंजमा औधोगिक उत्पादनको बजारीकरणमा टेवा पुग्ने गरी ट्रेडफेयर मैदान निमार्णकालागि संघले सहकार्य गर्ने महानगरप्रमुखलाई अवगत गराएको संघका अध्यक्ष गुप्ताले बताए ।

नवनिर्वाचित नगर प्रमुख राजेशमान सिंहले यस अघि वीरगञ्ज महानगरपालिका तथा नगरवासीका साथै उद्योगी व्यवसायीहरु बीच रहेको मत भिन्नतालाई छलफल गरी एउटा सहि दिशा दिने तर्फ अफु तत्पर रहेको बताए ।

 

उनले अगामी दिनमा महानगरले संकलन गर्ने विभिन्न करमा देखिएका अपारदर्शितालाई पारदर्शी बनाई, करका दरहरुलाई पुनरावलोकन गर्नुका साथै करको दर भन्दा पनि करको दयरा बढाउने तर्फ महानगर अघि बढने बताए ।

भेटघाटको क्रममा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, कोषाध्यक्ष गोविन्द शाह, सचिवद्वय अरविन्द्र अमात्य, आशिष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिव सुशान्त चाचान लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.