logo

एमालेबाट प्रभू साह निकालिए, जिल्ला कमिटी बिघठन

 इसीमाना सम्वाददाता     २०७९ असोज २८ गते ०६: २९ मा प्रकाशित     573   पटक पढिएको

नेकपा एमालेले रौतहट जिल्ला कमिटी नै बिघठन गरेको छ । शुक्रबार प्रदेश कमिटी अध्यक्ष रामऔतार यादवले जिल्ला उपाध्यक्ष दीपक राय यादवलाई पत्र पठाएर जिल्ला कमिटी बिघठन भएको जनाउ दिएका हुन ।

नेकपा एमालेको टिकट कब्जामा लिएर अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका एमालेका पूर्व नेता प्रभू साह सहित उनको सिफारिशमा एमालेको केन्द्रीय कमिटीमा पुगेका अन्य नेताहरुलाई पनि एमालेले पार्टीबाट निष्काशन गरेको छ ।

साहको उम्मेदवारी संगे जिल्ला कमिटीका अध्यक्ष नै पार्टी बिरोधी गतिविधिमा लागेको भन्दै पार्टीले जिल्ला कमिटी बिघठन गरेको हो

एमालेबाट विद्रोह गरेका साहलाई रौतहट ३ मा सत्ता गठबन्धनले समर्थन गरेको छ।

यस्तै, नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह–इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ। महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जानकारी दिएका हुन्। उनी संगै पार्टी केन्द्रीय सदस्य उपेन्द्र महतो र कुन्दन कुशवाहा पनि पार्टीबाट निकालिएका छन । पार्टी केन्द्रले केन्द्रीय सदस्य उद्धव रेग्मी र रेखा झालाई रौतहटको पार्टी कामको कमाण्ड जिम्मा लगाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.