logo

झा भित्रिएसंगै राससमा पत्रकार निकालिदै,पत्रकार निकाल्ने ब्यवस्थापनको काम बिरुद्ध राससमा धर्ना, अबको आन्दोलन पत्रकार महासंघले गर्ने

 इसीमाना सम्बाददाता      २०७९ असोज २८ गते ०६: ५५ मा प्रकाशित     503   पटक पढिएको

वर्षौदेखि राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्न लागेपछि त्यसको विरोधमा नेपाल पत्रकार महासंघलगायत पेशागत संघसंगठनले आज रासस केन्द्रीय कार्यलयमा धर्ना दिएका छन् ।


पत्रकारलाई निष्कासन नै गर्नेगरी श्रमजीवि पत्रकार विरुद्ध रासस व्यवस्थापनले कदम चालेपछि राससका अस्थायी/करार/ ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेशागत संघ संगठनका प्रतिनिधिहरुको सहभागितामा राससमा धर्ना दिइएको हो ।


धर्नापछि आयोजित विरोध समारोहलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पूरीले पत्रकार विरुद्धका कदम तत्काल सच्चाउन रासस व्यवस्थापनलाई चेतावनी दिनुभयो ।


उहाँले छिट्टै बैठक बसेर महासंघ कै नेतृत्वमा आन्दोलनको नयां कार्यक्रम घोषणा गरिने र कुनै पनि हालतमा श्रमजीविको मुद्दा स्थापित गरेरै छाड्ने स्पष्ट पार्नुभयो । उहाँले अबको आन्दोलनको अगुवाई महासंघले गर्ने पनि जानकारी दिनुभयो ।
महासचिव पुरीले महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाले नै श्रमजीवि पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल २२ जना पत्रकारको नविकरण गर्न माग गर्नुभयो ।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले महासंघको पुर्व अध्यक्ष झा व्यवस्थापन प्रमुख हुँदैमा आन्दोलनमा महासंघको साथ सहयोग नरहने अवस्था नहुने भन्दै महासंघले ती २२ जना पत्रकारको रोजगारी खोस्न नदिने बताउनुभयो ।


उहाँले दीर्घकालिन समस्या समाधानका लागि रासस विनियमावली संशोधन गरेर जानुको विकल्प नरहेको बताउनुभयो ।
संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले धर्ना प्रति ऐक्यवद्वता जनाउदै तत्काल समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
समाजवादी प्रेस संगठन कार्यवाहक अध्यक्ष विश्वमणि सुवेदीले राससका पत्रकारको अधिकार सुनिश्चित गरी उनीहरुलाई न्याय दिन रासस व्यवस्थापनसँग अनुरोध गर्नुभयो ।


प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले श्रमजीवि पत्रकारलाई निश्कासन गरे प्रेस चौतारी कडा आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले राससका २२ जना श्रमजीवि पत्रकारलाई हटाइएमा राससका अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्वराज राईको पदसम्म नजोगिने चेतावनी दिदै त्यस्तो अबस्था आउने छैन भन्ने विश्वास व्यक्त गर्नुभयो ।


श्रमजीवि पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराब राखेर व्यवस्थापन पक्षले श्रमजीवि पत्रकारलाई हटाउन खोजेको स्पष्ट नियत देखिएको बताउनुभयो । उहाँले श्रमजीवि पत्रकारलाई हटाउँछु भन्ने कल्पनासमेत नगर्न चेतावनी दिनुभयो ।
नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारीले रासस व्यवस्थापनले विकल्प नखोजी श्रमजीवि पत्रकारलाई निकाल्न खोज्नु दुःखद भएकाले विकल्प खोजेर समस्या समाधान खोज्न व्यवस्थापनलाई सुझाव दिनुभयो ।


प्रेस सेन्टर नेपालका उपाध्यक्ष विदुर खड्काले राससमा लामो समयदेखि काम गरेका पत्रकारलाई कुनै पनि वहानामा निकाल्न खोजे थप कडा आन्दोलन गर्ने चेतावनि दिनुभयो ।

राससका पत्रकार संघर्ष समितिका संयोजक रमेश गिरिले व्यवस्थापन पक्षले विकल्प हुँदाहुदै नियत राखेर २० वर्षदेखि कार्यरत रहेका श्रमजीविलाई हटाउन खोजेको जानकारी गराउनुभयो । उहाँले रोजगारी सुनिश्चितता नहँुदासम्म आन्दोलन जारी रहने बताउनुभयो ।


प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेश कमिटी इन्चार्ज मोहन बाँस्तोलाले पत्रकार महासंघका पुर्व अध्यक्षले नेतृत्व गरेको संस्थामा श्रमजीवि पत्रकारलाई हटाउन खोज्नु लाजमर्दो विषय भएको बताउनुभयो । उहाँले तत्काल ती पत्रकारको रोजगारी सुनिश्चतता गर्न माग गर्नुभयो ।


रासस कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले आन्दोलनमा ऐक्यवद्धता जनाउँदै पत्रकारलाई निष्कासन गर्ने सवालमा साथ नरहने बताउनुभयो । उहाँले ति पत्रकारको रोजगारी गुम्न नदिनका लागि आन्दोलन गर्ने चेतावनी दिनुभयो ।


नेपाल पत्रकार महासंघ अगुवाईमा नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, श्रमजीवि पत्रकार संघलगायत पत्रकारका पेशागत संगठनको सहभागितामा रासस केन्द्रिय कार्यालयमा आज दिउँसो १ बजेबाट ३ बजेसम्म धर्ना कार्यक्रम गरिएको थियो ।


राससका अस्थायी÷करार÷ज्यालादारी पत्रकारलाई रासस व्यवस्थापन पक्षले हटाउन थालेपछि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.