logo

पर्सेली पत्रकारद्वारा स्व.सर्राफलाई सम्मान, उनको नाममा स्थापना गरिएको कोषमा सांसद यादवले एक लाख सहयोग गर्ने

 इसीमाना सम्वाददाता     २०७९ मंसिर २८ गते ०७: ५४ मा प्रकाशित     468   पटक पढिएको

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादवले पत्रकार स्वर्गीय नरेश सर्राफ स्मृतिमा स्थापना हुने अक्षयकोषमा एक लाख रुपैयाँ सहयो गर्ने बताएका छन ।

स्व. सर्राफको १३ औँ दिनको पूण्यतिथिका अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सांसद् यादवले १ लाख आर्थिक सहयोग उपलब्ध गराउने बताएका हुन ।  नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकार नरेश सर्राफको स्मृतिमा युवा क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । दिवंगत पत्रकार सर्राफको १३ औं दिनको पुण्यतिथिमा बुधबार महासंघको सभाहलमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा महासंघले पुरस्कारको घोषणा गर्नुको साथै अध्यक्षकोष स्थापना गर्ने समेत निर्णय गरेको छ ।

सांसद् यादवले प्रधानमन्त्रीलाई भनेर भएपनि अर्थ मन्त्रालयबाट सर्राफका परिवारको लागि विशेष राहतको व्यवस्था गर्ने आश्वासन पनि दिएका छन् । पर्साको पत्रकारिता क्षेत्रमा सर्राफको निधनले क्षति भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका यादवले स्व.सर्राफले अंगालेको मार्गमा निर्देशित भई निष्पक्ष र निडर पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन् ।

 

सर्राफ स्वच्छ छविका र ईमान्दार पत्रकार भएको बताउँदै यादवले उनको जस्तो स्वभाव भएको पत्रकार पर्साले पाउन मुस्किल पर्ने बताए । विशेष गरी भूइँतहका र सर्वसाधारण नागरिकका समस्या एवम् पिडाहरुलाई खोजी खोजी पत्रकारिता गरेमा उनीप्रति सच्चा श्रद्धाञ्जली हुने विश्वास पनि यादवले व्यक्त गरेका छन् ।

पत्रकारको हकहित र पेशागत सुरक्षा एवम् मर्यादाका लागि सदैव एकरुप भएर लाग्न आग्रह गर्दै पर्साको पत्रकारिताको उचाईलाई अँझै बढाउन पनि उनले सुझाव दिएका छन् ।

सर्राफ पत्रकार मात्रै नभएर सामाजिक अभियानताको रुपमा विभिन्नि किसिमका सामजिक क्रियाकलापहरुमा पनि सक्रिय रहेको स्मरण गर्दै यादवले उनको छोटो समयको योगदान पनि अविस्मरणीय रहेको बताए ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले पत्रकार सर्राफमा पत्रकारिताको मर्म अनुसारको पत्रकारिता गर्ने गुण रहेको बताए । उनले हिजो मिशन पत्रकारिता भयो बिचार पक्षीय पनि भयो तर त्यो ब्यवसायीक हुनु पर्नेमा दलीय , गुटगत हुदै अहिले ब्यक्तिको पुजा गर्ने तहमा पुगेको चर्चा गर्दै यस्तो पत्रकारिताको बिपक्षमा स्व. पत्रकार सर्राफको अडान महत्वपूर्ण रहेको बताए ।


नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले पत्रकारिताको मूल्य मान्यता र सिद्धान्त प्रति प्रतिवद्ध स्व. सर्राफमा जिम्मेवार पत्रकारिता गर्ने हुटहुटी पाएको बताए । सर्राफमा जिज्ञासु बानी थियो र पत्रकारिताको मर्म आलोचनात्मक चेत थियो उनी सत्ताको तावेदारी र ब्यक्ति पूजाको बिरुद्ध थियो उनको अवसान हामी सबैकालागि क्षती हो लामिछानेले भने ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेशका महासचिव श्याम बन्जारा, वीरगंज उधोग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य महेश दास, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी , प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राघव साहले स्व. पत्रकारको बारेमा प्रकाश पारेका थिए । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शाखा सचिव भूषण यादवले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

सामुदायिक रेडियो नारायणी एफएमको वार्षिकोत्सवका अवसरमा समाचार वाचन प्रतियोगिता, तिमिल्सीना भए प्रथम

वीरगन्ज । सामुदायिक रेडियो नारायणी एफएमले आफ्नो २०औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको समाचार वाचन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ।

रौतहटमा दुर्घटनापछिको तनाव, क्षतिपूर्तिको माग गर्दै पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित मोथियाही पुल नजिकै शनिबार दिउँसोदेखि मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.