logo

राजनीतिक यात्रामा केही चुनौती जरुर बढेको छ तर यसले मेरो साहास र इच्छाशक्तिमा कुनै कमी आएको छैनः पूर्व नगरप्रमुख खातुन

 इसीमाना सम्वाददाता     २०७९ मंसिर २८ गते ०८: २० मा प्रकाशित     549   पटक पढिएको

पोखरिया नगरपालिकाका निर्वतमान उपप्रमुख सलमा खातुनले प्रदेश सभा तर्फ सामानुपातिक उम्मेदवारका रुपमा आफूलाई मतदात गर्ने मतदाता तथा नागरिकलाई कृतज्ञता ब्यक्त गरेकी छन ।

सामाजिक संजालमा एउटा पोष्ट लेख्दै खातुनले जीवनमा उतार चढाव सामान्य प्रक्रिया रहेको बताएकी छन । प्रतिकूल स्थितिमा आफनो लक्ष्यप्राप्तिको यात्रालाई निरन्तरता दिन जरुरी रहेको बताउदै प्रदेश सभा सदस्यकालागि हजारौ मतको रुपमा तपाईहरुबाट निकै माया पाएको उल्लेख गरेकी छन । जनता समाजवादी पार्टीले खातुनलाई प्रदेश सभा तर्फ समानुपातिक उम्मेदवार बनाएको थियो । तर उनलाई पार्टीले प्रदेश सभा सदस्य बनाउन नसकेपछि उनले जनतालाई अपिल गर्दै समाजिक संजालमा पोष्ट गरेकी हुन । 

तपाइृहरुले म मा सम्भापवना देख्नु भयो , समाजमा केही राम्रो गर्न सक्ने आशा र बिश्वास राख्नु भयो यसकोलागि सबैमा कृतज्ञ छु उनले लेखिकी छन म प्रति तपाईको जुन लगाव र बिश्वास देखाउनु भयो त्यो मेरोलागि अनमोल छ यसले भविष्यमा अझ बढी परिश्रम र सघर्ष गर्नकालागि उर्जाको रुपमा काम गर्ने छ ।
खातुनले आफू कुनै पदमा रहे पनि नरहे पनि तपाईको छोरी,बहीनी र आम मान्छेको नेताको सदैब तपाइृको वीचमा रहने प्रतिवद्धता जनाएकी छन ।
उनले लेखेकी छन , हो राजनीतिक यात्रामा केही चुनौती जरुर बढेको छ तर यसले मेरो साहास र इच्छाशक्तिमा कुनै कमी नआएको स्पष्ट पार्न चहान्छु । हिजो जनताको सेवामा आफनो तर्फबाट जसरी क्रियाशिल थिए भविष्यमा पनि म तत्पर रहने छु ।

उनले आफना सर्मथक शुभ चिन्तक र मतदातालाई आग्रह गर्दै लेखेकी छन “त्यसैले मैले पद पाइन भनेर रत्तीभर निराश नहुन म सबैलाई अपिल गर्दछु बनेकी छिन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

वीरगंज। पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत हेटौँडा–नारायणगढ सडकखण्डमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सूर्य नेपालको सहयोगमा वीरगंजमा प्लास्टिक फोहोर प्रशोधन प्लान्टको निर्माण अन्तिम चरणमा, महानगर प्रमुख सिंहले गरे स्थलगत अवलोकन

वीरगंज । वीरगंज महानगरपालिकाको फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) मा प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि निर्माण भइरहेको प्रशोधन प्लान्टको काम अन्तिम चरणमा पुगेको छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.