स्वर्गीय गोपाल गिरी स्मृति क्रियाशिल पत्रकारीता पुरस्कार पत्रकार महेश दासलाई प्रदान गरिएको छ ।
बिरगंजका पूर्व नगर प्रमुख एवं पत्रकार स्वर्गीय गोपाल गिरिको स्मृतिमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले स्थापना गरेको पुरस्कार दासलाई वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले प्रदान गरेका हुन ।
पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, स्वर्गीय गोपाल गिरीका छोरा एवं राप्रपा नेता गिरिश गिरि, पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, पत्रकार सुदर्शनराज पाण्डे, राघव साह लगायतले मन्तब्य ब्यक्त गरेका थिए । पुरस्कारको राशी २५ हजार तथा प्रमाणपत्र रहेको छ ।
तपाईको प्रतिक्रिया