लकडाउन अवधिभरको सम्पूर्ण कर, बैंक ब्याज तथा बिजुलीको महसूल मिनहा गर्न माग गर्दै नेपाली काङ्ग्रेस पर्सा क्षेत्र नं १ ले वीरगंजमा प्रदर्शन गरेको छ।
शनिवार दिउँसो १ बजेदेखि आदर्शनगर चोकमा भेला भएका नेपाली कांग्रेसका नेता तथा कार्यककर्ताले
सामाजिक दूरी कायम गर्दै सडकको दुवै छेउमा उभिएर प्रदर्शन गरेका थिए।
विरोध कार्यक्रममा नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदीले लकडाउन अवधिमा सरकारले जनविरोधी बजेट तथा नीति अख्तियार गर्दै गएको आरोप लगाउनु भयो।
उहाँले सबै प्रकारका कर, बैंक ब्याज एवं बिजुलीको महसूल मिनहा गरी जनतालाई राहत दिन माग गर्नु भयो। “यस्तो बेलामा जनताले राहतरूपी मलम खोजेका थिए, तर सरकार कठोर बन्दै करको लागि ताकेता गरिरहेको छ उहाँले भन्नु भयो“ सबै कर, बैंक ब्याज र बिजुलीको शुल्क माफ गर्नुपर्छ ।
विरोधसभामा सम्बिधान सभाका सदस्य नेपाली कांग्रेसका युवा नेता अनिल रूँगटा, पार्टी क्षेत्र नं १ का क्षेत्रीय सभापति विजय सर्राफ, जिपी फाउन्डेशन पर्साका अध्यक्ष मोहमद सहाबुद्दीनलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
तपाईको प्रतिक्रिया