logo

प्रेस चौतारी नेपालको राष्ट्रीय प्रशिक्षण वीरगंजमा , अर्थमंत्री पौडेलले उद्धघाटन गर्ने

 इसीमाना सम्वाददाता     २०७९ माघ १७ गते ०७: २५ मा प्रकाशित     692   पटक पढिएको

नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल पर्साको केन्द्रीय कमिटीको बैठक तथा केन्द्रीय प्रशिक्षण वीरगंजमा हुने भएको छ । केन्द्रीय प्रशिक्षण तथा बैठकको तयारीकालागि प्रेस चोतारी नेपाल पर्साले तयारी शुरु गरेको छ ।

 

तयारीका बिषयमा प्रेस चौतारी नेपाल पर्साको बैठक बुधवार वीरगंजमा सम्पन्न भएको छ ।
बैठकले माघ २९ र फागुन १ वीरगंजमा हुन लागेको प्रेस चौतारीको केन्द्रीय बैठक र कार्यशाला गोष्ठी भव्य रुपमा सफल पार्न निर्णय गरेको छ ।


प्रशिक्षण तथा बैठकको उद्धघाटन नेकपा एमालेका उपाध्यक्ष तथा नेपाल सरकारका उपप्रधान तथा अर्थमंत्री बिष्णु पौडेको प्रमुख आतिथ्य रहने प्रेस चौतारी नेपालका पर्सा अध्यक्ष श्याम बन्जाराले जानकारी दिए ।

 

कार्यक्रममा नेकपा एमालेका अन्य पदाधिकारी , प्रेस चोतारी नेपालका केन्द्रीय कमिटी, प्रदेशका अध्यक्ष र महासचिवको सहभागिता रहने चोतारीक मधेश प्रदेशका सह इन्चार्ज अच्यूत पौडेलले जानकारी दिए ।

बैठकले कार्यक्रम सफल पार्न बिभिन्न ६ वटा उपसमिति निर्माण गरेको छ । आर्थिक उपसमितिको संयोजकमा शाखा अध्यक्ष श्याम बन्जारा, अतिथि सत्कार उपसमितीमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी,प्रचार प्रसार उपसमितिमा कबिता खड्का,मञ्च व्यवस्थापन उपसमितिमा सफल खतिवडा , खाद्य व्यवस्थापन उपसमितीमा ग्यासु मियाँ देवान र आवास व्यवस्थापन उपसमितिको संयोजकमा तुलसी भण्डारीलाई चयन गरेको शाखाका सचिव राजेन्द्र सिंहले जानकारी दिए ।

 

बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी. लामिछाने, प्रेस चौतारी नेपालका मधेश प्रदेशका सह इन्चार्ज अच्युत पौडेल ,केन्द्रीय सदस्य शत्रुघ्न नेपाल ,प्रेस चौतारी नेपालका , महेशचन्द्र गौतम,एल.बी .शेख, बानका मधेश प्रदेशका अध्यक्ष ,आशिक अंसारी, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, ,राकेश साह, संतोष पटेल,आरोहण साह लगायतको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.