logo

चौतर्फी बिरोध पछि लिंकरोडको नामाकरण कार्यक्रम महानगरद्वारा स्थगीत

 इसीमाना सम्वाददाता     २०७९ माघ १८ गते ०८: ०० मा प्रकाशित     559   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले पिपरा लिङ्क रोडलाई महात्मा गान्धी (एमजी) पथ नामाकरण गर्ने कार्यक्रम स्थगित गरेको छ । यस अघि बिहिवार सडकको नामाकरणको कार्यक्रम तय गरिएको थियो ।
बिहिबार हुने समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट संयुक्त रुपमा नामाकरण शिलान्यास अनावरण गराउने तय गरिएको थियो । तर बुधबार महानगनगरले एक सूचना जारी गर्दै सडक नामाकरण अनावरण समारोह हालका लागि स्थगीत गरिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले जारी गरेको सूचनामा महानगर भित्रको ऐतिहासिक पिपरा स्थित वीरगंज चीनीमिलको आवास क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर, पिपरा मठ र लक्ष्मणवा पार्कको सौन्दर्यकरण तथा संरक्षण गर्ने योजना अगाडि बढिरहेको सन्दर्भमा यस बारे अनेकथरीका दुष्प्रचार गर्ने प्रयास गरिएकोमा महानगरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।


वीरगंज महानगरका मेयर राजेशमान सिंहले सडक अनावरण कार्यक्रमलाई दुष्प्रचार गरेर विवादीत बनाउन खोजिएपछि भारतीय राजदूत जस्तो व्याक्तित्वलाई बोलाएर विवादीत बनाउन उपयुक्त नदेखिएकाले हालका लागि उक्त कार्यक्रम स्थगीत मात्र गरिएको बताए ।

गान्धीको नामाकरण राख्ने विषयमा स्थानीय स्तरमा विरोध भएपछि भारतीय राजदुत नआउने भएकोले कार्यक्रम स्थगित गरिएको हो । महानगरले अगाडि सारेको योजनाबारे अनभिज्ञ युवाहरुले पिप्राको ऐतिहासिक महत्व धरापमा पर्ने भन्दै नामाकरणको बिरोध गरेका थिए ।

पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने उदेश्यले महात्मा गान्धीको नाउँबाट नामाकरण गर्न खोजिएको भन्दै स्थानीय युवाहरुले सडकमा आएर विरोध प्रर्दशन गरेका थिए । बिभिन्न क्षेत्रका सामाजिक अगुवाले समेत नामाकरणको बिरोध गरेपछि महानगरले हाललाई कार्यक्रम थागीत गरेको जनाएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले सामाजिक सञ्जाल फेसबुकमा वीरगन्ज पिपराको आफ्नै ऐतिहासिक, सांस्कृतिक र मौलिक पहिचानलाई नै संकटमा पार्ने गरि पिपरा लिंक रोडको नाम महात्मा गान्धी रोडको नाममा नामाकरण गर्ने षड्यन्त्रको अगुवाइ वीरगन्ज महानगरपालिकाले गर्नु खेदजनक र निन्दनीय भएको उल्लेख गरेका छन ।

उनले महात्मा गान्धी शान्तिपूर्ण अहिंसात्मक आन्दोलनका पर्याय हुन् भन्ने कुरामा कहिँ कसैको विमति नहोला तर दक्षिणी छिमेकीको चाकरी, दलाली गरेर २–४ करोडको विकास निर्माणका प्रोजेक्ट पाइहाल्ने लोभले पिपराको ऐतिहासिक र सांस्कृतिक पहिचान मेटाउने कुरामा सहमत हुन सकिदैन भनेका छन ।

पर्सामा क्रियाशिल सम्पूर्ण राजनीतिकदलहरुले समेत वीरगञ्जको पहिचान मेटाउनेगरी स्थानीय सरकारबाट हुने जुनसुकै हरकतको कडा प्रतिवाद गर्ने जनाएका छन । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको सर्वदलिय बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा, लोसपा, जनमत लगायतका राजनीतिक दलहरुले समेत वीरगञ्ज महानगरपालिकाको कदमको विरोध जनाएको नेकपा (एस)पर्साका अध्यक्ष बालगोपाल थापाले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

नेपाल संवत् ११४६, वीरगञ्जदेखि ठोरीसम्म नेवा समुदायको उल्लासपूर्ण उत्स

वीरगञ्ज ।  नेपाल संवत् ११४६ को शुभारम्भ अवसरमा देशभर नेवा समुदायले उल्लासपूर्वक नयाँ वर्ष मनाएका छन्। वीरगञ्ज र ठोरीमा आयोजित विशेष कार्यक्रमहरूले स्थानीय सांस्कृतिक विविधता र राष्ट्रिय एकताको सन्देश प्रसारित गरेका छन्।

चन्द्रपुरमा बसमा आगलागी, यात्रु सबै सुरक्षित

चन्द्रपुर। आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–४ लच्का नजिकै काठमाडौँबाट चन्द्रनिगाहपुर आउँदै गरेको प्र.२–०३–००१ ख ५५५५ नम्बरको यात्रुबाहक बसमा अचानक आगलागी भएको छ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.