logo

चौतर्फी बिरोध पछि लिंकरोडको नामाकरण कार्यक्रम महानगरद्वारा स्थगीत

 इसीमाना सम्वाददाता     २०७९ माघ १८ गते ०८: ०० मा प्रकाशित     728   पटक पढिएको

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले पिपरा लिङ्क रोडलाई महात्मा गान्धी (एमजी) पथ नामाकरण गर्ने कार्यक्रम स्थगित गरेको छ । यस अघि बिहिवार सडकको नामाकरणको कार्यक्रम तय गरिएको थियो ।
बिहिबार हुने समारोहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट संयुक्त रुपमा नामाकरण शिलान्यास अनावरण गराउने तय गरिएको थियो । तर बुधबार महानगनगरले एक सूचना जारी गर्दै सडक नामाकरण अनावरण समारोह हालका लागि स्थगीत गरिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले जारी गरेको सूचनामा महानगर भित्रको ऐतिहासिक पिपरा स्थित वीरगंज चीनीमिलको आवास क्षेत्रमा रहेको पशुपतिनाथ मन्दिर, पिपरा मठ र लक्ष्मणवा पार्कको सौन्दर्यकरण तथा संरक्षण गर्ने योजना अगाडि बढिरहेको सन्दर्भमा यस बारे अनेकथरीका दुष्प्रचार गर्ने प्रयास गरिएकोमा महानगरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।


वीरगंज महानगरका मेयर राजेशमान सिंहले सडक अनावरण कार्यक्रमलाई दुष्प्रचार गरेर विवादीत बनाउन खोजिएपछि भारतीय राजदूत जस्तो व्याक्तित्वलाई बोलाएर विवादीत बनाउन उपयुक्त नदेखिएकाले हालका लागि उक्त कार्यक्रम स्थगीत मात्र गरिएको बताए ।

गान्धीको नामाकरण राख्ने विषयमा स्थानीय स्तरमा विरोध भएपछि भारतीय राजदुत नआउने भएकोले कार्यक्रम स्थगित गरिएको हो । महानगरले अगाडि सारेको योजनाबारे अनभिज्ञ युवाहरुले पिप्राको ऐतिहासिक महत्व धरापमा पर्ने भन्दै नामाकरणको बिरोध गरेका थिए ।

पिपराको ऐतिहासिक र धार्मिक महत्वलाई समाप्त पार्ने उदेश्यले महात्मा गान्धीको नाउँबाट नामाकरण गर्न खोजिएको भन्दै स्थानीय युवाहरुले सडकमा आएर विरोध प्रर्दशन गरेका थिए । बिभिन्न क्षेत्रका सामाजिक अगुवाले समेत नामाकरणको बिरोध गरेपछि महानगरले हाललाई कार्यक्रम थागीत गरेको जनाएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द सिंहले सामाजिक सञ्जाल फेसबुकमा वीरगन्ज पिपराको आफ्नै ऐतिहासिक, सांस्कृतिक र मौलिक पहिचानलाई नै संकटमा पार्ने गरि पिपरा लिंक रोडको नाम महात्मा गान्धी रोडको नाममा नामाकरण गर्ने षड्यन्त्रको अगुवाइ वीरगन्ज महानगरपालिकाले गर्नु खेदजनक र निन्दनीय भएको उल्लेख गरेका छन ।

उनले महात्मा गान्धी शान्तिपूर्ण अहिंसात्मक आन्दोलनका पर्याय हुन् भन्ने कुरामा कहिँ कसैको विमति नहोला तर दक्षिणी छिमेकीको चाकरी, दलाली गरेर २–४ करोडको विकास निर्माणका प्रोजेक्ट पाइहाल्ने लोभले पिपराको ऐतिहासिक र सांस्कृतिक पहिचान मेटाउने कुरामा सहमत हुन सकिदैन भनेका छन ।

पर्सामा क्रियाशिल सम्पूर्ण राजनीतिकदलहरुले समेत वीरगञ्जको पहिचान मेटाउनेगरी स्थानीय सरकारबाट हुने जुनसुकै हरकतको कडा प्रतिवाद गर्ने जनाएका छन । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको सर्वदलिय बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा, लोसपा, जनमत लगायतका राजनीतिक दलहरुले समेत वीरगञ्ज महानगरपालिकाको कदमको विरोध जनाएको नेकपा (एस)पर्साका अध्यक्ष बालगोपाल थापाले बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.