जनकपुरधाम, । मधेश प्रदेशका मुख्यमंत्री सरोज यादवले मंत्रीमण्डल बिस्तार गरेका छन । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका मंत्रीहरु भने यो बिस्तारमा परेका छैनन ।
गठबन्धन दलहरु मध्येका नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी नगराई मुख्यमन्त्री यादवले नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमतलाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका हुन ।
मंत्री मण्डलमा जसपाबाट सुरिता कुमारी साहलाई सामाजिक विकास र सिंगासन साह कलवारलाई खानेपानी तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै नेकपा एमालेबाट राजकुमार लेखी कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्री बनेका छन् भने शत्रुघ्न प्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै, मो. जयद आलमलाई महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।
जनमत पार्टीबाट संसदीय दलका नेता महेश प्रसाद यादवले शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
मंत्रीहरुलाई आजै प्रदेशप्रमुखले शपथ गराएका छन भने राज्यमंत्रीहरुलाई मुख्यमंत्रीले शपथ गराएका छन ।
तपाईको प्रतिक्रिया