logo

संकटको घडीमा काम गर्न नसक्नेले सरकारबाट राजीनामा दिनुपर्छ : प्रदेशसभा सदस्य पेटल

      6/10/2020 गते 00 00 मा प्रकाशित     1255   पटक पढिएको

प्रदेश नम्बर २ का प्रदेशसभा सदस्य रमेश पटेलले आफ्नै सरकारको राजिनामा माग्नुभएको छ । कोरोना भाईरस (कोभिड–१९) को महामारीको संकटमा पनि प्रदेश सरकारले जनचाहाना अनुसार कामगर्न नसकेको भन्दै मुख्यमन्त्री लालबाबु राउत नेतृत्व सरकारको राजिनामा माग्नुभएको हो ।

तत्कालिन राजपाबाट पर्सा क्षेत्र नम्बर २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य पटेलले कोरोना महामारीमा विश्व मानव जगत नै प्रभावित पार्ने कोरोना भाइरस महामारीमा प्रदेश सरकारको भूमिका र मन्त्रीहरुको कार्यक्षमतामा नै प्रश्न चिन्ह खडा भएको बताउनुभयो ।

उहाँले नेपालमा पनि कोरोना भाईरस महामारी फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि संघ सरकारले लकडाउन बाहेक अन्य काम गर्न नसकेको तथा प्रदेशमा पनि पूँजीगत खर्चहरुलाई कोरोना महामारीमा लगाएर नियन्त्रण गर्न सरकार असफल भएको बताउनुभयो ।

विकास निर्माणको ७५ प्रतिशत काम रोकिएर प्रदेश सरकारसँग पर्याप्त बजेट भएर पनि त्यसको सदुपयोग गरेर कोरोना भाईरस रोकथाम गर्न नसकेको उहाँको तर्क थियो । मधेस आन्दोलनबाट स्थापित आफ्नै सरकार भएर पनि मधेसी जनतालाई सेवा सुविधा दिन नसक्नु प्रदेश सरकारको कमजोर क्षमता र लापरवाही रहेको बताउनुभयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.