पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवले प्रतिनिधिसभा सांसदमा भूmटो बोलेर सदनलाई नै भ्रममा पार्नुभएको छ । संघीय संसदको प्रतिनिधिसभामा बजेटको विषयमा चलेको छलफलमा बोल्दै सांसद यादवले कोरोना भाईरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब खर्च गरेको हिसाबको जानकारी माग्ने क्रममा वीरगन्ज महानगरपालिकाले घर घरमा चन्दा मागेको भन्दै सदनमा झुटो बोल्नु भएको छ ।
वीरगन्जको नारायणी अस्पतालको मातहतमा निजी अस्पताललाई कोभिड अस्पताल बनाएर त्यसको व्यावस्थापन वीरगन्ज महानगरपालिकाले गर्दै आएको र केन्द्र सरकारले खर्च नदिएको भन्दै घर घरमा चन्दा मागेको भनेर सांसद यादवले सदनमा नै झुट बोलेका हो ।
उहाँले भन्नुभएको छ, “सरकारले कोभिड १९ को नियन्त्रणका लागि १० अर्ब खर्च भयो भनेर मिडियामा आईरहेको छ । त्यो त्यो त्यति बढी रकम के के मा खर्च भयो ? सम्मानित सदनलाई कहिले जानकारी हुन्छ ? र सरकारले कोभिड १९ अस्पताल वीरगन्ज नारायणी अस्पतालको पार्टको रुपमा एउटा प्राईभेट अस्पताल गण्डकलाई बनायो ? तर, खर्च चाहिँ भनिरहेको छ कि स्थानीय निकायले तिर्छ । तर, स्थानीय निकायले के भन्छ भने संघले मलाई एक रुपैया पठाएको छैन ।
त्यसैले अहिले वीरगन्ज बजारमा स्थानीय निकायले चन्दा घर घरमा गएर मागी रहेको छ । किनकी यहाँको नागरिकलाई बचाउनको निमित्त संघ तयार भएन र अब नागरिकले नै पैसाको व्यावस्था गर्नुपर्ने यो बारेमा सम्माननीय प्रधानमन्त्रीको जवाफ चाहियो धन्यवाद !”
सांसद यादवको उक्त भनाईले सदनमा भूट बोलेको देखिएको छ । किनभने वीरगन्ज महानगरपालिकाले सार्वजनिक सूचना मार्फत नै आह्वान गरेको छ । सार्वजनिक सूचना मार्फत आह्वान गरेकै ले अहिले वीरगन्ज महानगरपालिकामा व्यक्तिदेखि विभिन्न संघ संस्थाहरुले कोरोना कोषमा सहयोग गरिरहेका छन् ।
सार्वजनिक सूचना मार्फत आह्वान गरेको विषयलाई पनि जनताको उच्च आस्था बोकेको सम्मानित सदनमा घर घरमा गएर चन्दा उठाएको भनी भूmट बोलेर सम्मानित सदनलाई नै भ्रममा राख्ने प्रयास गर्नुभएको छ । एकजना जनताको जनप्रतिनिधिले सम्मानित सदनमा अर्को सरकारको विषयमा यसरी भूmटो बोलेर बदनाम गर्न खोज्नु पदीय मर्यादा विपरीतको कार्य पनि हो ।
तपाईको प्रतिक्रिया