logo

कोरोना संक्रमण रोकथामको बिषयमा राजनीतिक दलको चासो,जसलिने होडमा वहियातको प्रचारबाजी

      6/11/2020 गते 00 00 मा प्रकाशित     1236   पटक पढिएको

पर्साका राष्ट्रीय राजनीतिक दलले आज समाजका बिभिन्न सरोकार समुहका प्रतिनिधिहरुलाई बोलाएर कोभिड बिरुद्धको लडाईको पर्साको अवस्था र आगामी दिनमा चाल्नु पर्ने कदमका बारेमा सुझाव लिएको छ ।

 

जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्द अन्सारीको अध्यक्षतामा भएको बैठकमा बिभिन्न संस्थाबाट प्रतिनिधित्व गरेका ब्यक्तिहरुले अहिले सम्मको अवस्था बिश्लेषणका साथ आगामी दिनमा चाल्नु पर्ने कदमको बारेमा सुझाव दिएका थिए । 


राजनीतिक दल तथा बिभिन्न संस्थाहरुले बीरगंज महानगरपालिकाले पिसीआर खरिदकालागि अगाडि सारेको प्रक्रियाको बारेमा चासो राखेका थिए ।

 

प्रदेश सरकारले पिसीआर मेशिन दिने भनिरहेको बेलामा महानगरले चन्दा उठाएर पिसीआर किन्नु उचित होला र ? भन्ने प्रश्नहरु पनि उठाइएको थियो ।

 

बैठकमा पिसीआर मेशिनको आवशयकताको बिषयमा सम्बन्धीत क्षेत्रका ब्यक्तिहरुले प्रष्ट पार्ने भएकोले चिकित्सक र अस्पताल संचालकलाई समेत बोलाइएको नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले बताउनु भयो ।

 

पिसीआर मेशिन प्राविधिक कुरा भयो त्यस बिषयमा चिकित्सकको राय आवश्यक ठानेर उहाँहरुलाई बोलाइएको थियो उहाँले भन्नु भयो “उहाँहरुको कुरा सुन्दा पिसीआर मेशिनको आवश्यकता रहेको छ भन्ने बुझिएको छ । 


गण्डक अस्पताललाई कोभिड अस्पतालको रुपमा संचालन गरेर महानगरले आफनो स्रोत र साधन खर्च गरेको भन्दै असन्तोष समेत ब्यक्त गरिएको थियो ।

 

तर कोभिड अस्पताल ब्यवस्थापनको  जिम्मेवारी पाएको प्रदेश सरकारले आफनो दायित्व निर्वाह नगर्दा महानगरले नागरिकको जीवन रक्षाकालागि त्यतीबेला चालेको कदम ठिक रहेको नेकपा पर्साका अध्यक्ष प्रभू हजराले बताउनु भयो । कोभिड अस्पताल संचालनको आर्थिक दायित्वबाट महानगरलाई अलग पार्नु पर्छ त्यसकोलागि सर्वदलीय प्रयास गरिने उहाँले बताउनु भयो । 


बैठकमा, क्रेडीट लिने बिषयमा कतिपय जिम्मेवार  ब्यक्तिहरुले गरेको  हल्का टिप्पणी र कामले संकटलाई ब्यवस्थापन र नागरिकको सुरक्षाको काम ठोस हुन नसकेको बिचार समेत ब्यक्त गरिएको थियो ।

 

कोरोना बिरुद्धको एकिकृत लडार्इको आवश्यकता रहेको बेला जसलिने होडमा केही जिम्मेवार मान्छेहरु वहियातको प्रचारबाजीमा लागेको बिचार ब्यक्त गरिएको थियो ।

 

 हिजोका दिनमा बिभिन्न पक्षबाट कमजोरी भए अव त्यसलाई सच्याएर अगाडि बढने हो जनता समाजवादी पार्टीका अध्यक्ष रामनरेश यादवले भन्नु भयो। अव कोभिड अस्पतालको संचालन, आइसोलेशन र क्वारेन्टिनको ब्यवस्थापनको बिषयमा राजनीति क्षेत्रबाट लिनु पर्ने पहलकदमीकालागि आफूहरु क्रियाशिल हुने बताउनु भयो । 


बैठकमा पिसीआर मेशिनको खरिद त्यसको संचालनकालागि चाहिने भिटिएम किट,रिएजेन्ट र जनशक्ति ब्यवस्थापनका बिषयमा महानगरको तयारीका बिषयमा आवश्यक जानकारी लिएर अगाडि बढने नेपाली कांग्रेस पर्साका सभापति द्विवेदीले बताउनु भयो । 


बैठकमा नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष के.सी.लामिछाने,नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक बसरुद्धिन अन्सारी, डा. निरज सिंह, डा. उदयनारायण सिंह नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल जनता समाजवादी पार्टी पर्साका सचिव तवरेज अहमद, नेपाल शिक्षक महासंघ पर्साका सचिव बिनोद गिरी, नागरिक समाजका अगुवा डा.दीपक शाक्य , बीरगंज महानगरपािलका स्वास्थ्य महाशाखा प्रमुख अरुण कुमार महतोे जिल्ला जनस्वासथ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर लगायतले अहिलेको अवस्था र आगामी दिनमा चाल्नु पर्ने कदमका बारेमा आ आफ्ना सुझावहरु राख्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

समाज

अदालतबाट भ्रष्ट ठहर भएका उपाध्यायलाई चौतारीले गर्यो बाई बाई

वीरगंज । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कमल उपाध्यायलाई प्रेस चौतारी नेपालले सधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

बागमतीमा लामा बिरुद्धको अविश्वास प्रस्ताव पारित, बानियाको मुख्यमन्त्री बन्ने बाटो खुल्यो

हेटौँडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठकले दलका नेता परिवर्तन गर्ने भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.