logo

स्ववियु निर्वाचनको सरगर्मी बढयो, ठाकुरराममा आठ संगठन सहित ३५ समुह दर्ता

 इसीमाना सम्वाददाता     २०७९ फागुन १९ गते ०९: २५ मा प्रकाशित     415   पटक पढिएको

वीरगंज /चैत ५ गते हुने स्ववियु निर्वाचन प्रयोजनकालागि देशैभरि शुक्रवार बिद्यार्थी संगठनहरु तथा स्वतन्त्र समुहले संगठन दर्ता गराएका छन ।

 

त्रिभूवन बिश्व बिद्यालयको आंगिक क्याम्पस वीरगंजको ठाकुर राम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि ८ वटा बिद्यार्थी संगठनले आफनो संगठन दर्ता गराएका छन ।

 

संगठन बाहेकका ब्यक्ति तथा स्वतन्त्र समुह गरि ३५ वटा समुह दर्ता भएको निर्वाचन अधिकृत रोशन लामिछानेले जानकारी दिए ।

उनले चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि फागुन २७ गते उम्मेदवारी दर्ता कार्यक्रम रहेको बताए । ठाराब क्याम्पसमा चौध वर्षपछि स्ववियु निर्वाचन हुन गइरहेको छ ।

 No photo description available.

No photo description available.स्ववियु निर्वाचनका कारण कलेजमा राजनीतिक सरगर्मी तित्र्र भएको छ । संगठन भित्र उम्मेदवारी कसले पाउने भन्ने बिषयमा आकांक्षीहरुको सक्रियतामा पनि उतिकै बढेको छ ।

 

स्ववियु निर्वाचनलाई नेपाली कांग्रेस पर्साले निकै महत्व दिएको देखिन्छ । उसले निर्वाचन परिचालनकालागि पूवृ बिद्यार्थी नेताहरु सम्मिलीत समिति बनाएर काम शुरु गरेको छ ।

प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनमा प्रत्यक्षतर्फ ११ जना र समानुपातिकतर्फ १० जना गरी २१ पदको लागि निर्वाचन हुने लामिछानेले जानकारी दिए।

ठाराब क्याम्पसमा करिब ५ हजार बिद्यार्थी मतदाताको रुपमा रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

समाज

कृषिमा आधारित लघु उद्यमहरूलाई  सहुलियत दिन मन्त्रालय तयार  छः कृषि मन्त्री क्षेत्री

वीरगञ्ज । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले माछा उत्पादनका साथै धान उत्पादनमा मधेश प्रदेश मुलुकमै अग्रणी स्थानमा रहेको बताए ।

वरहथवा बहु सरोकारवाला मञ्चको नगर संयोजकमा कार्की चयन

सर्लाही  ।   बहु सरोकारवाला मञ्च  वरहथवाको नगर स्तरीय नयाँ  समिति गठन भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.