logo

अनेरास्ववियुद्वारा विन्दवासिनी गाउँपालिकामा प्रदर्शन

      6/17/2020 गते 00 00 मा प्रकाशित     1523   पटक पढिएको

वीरगन्ज, ३ असार । पर्साको बिन्दवासिनी गाउँपालिकामा अनेरास्ववियूका विद्यार्थी नेताहरुले गाउँपालिकाको बिरोधमा प्रदर्शन गरेका छन् । अनेरास्ववियुका केन्द्रिय सदस्य शिवम साहको नेतृत्वमा गाउँपालिकाले विश्वभरी फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लापरावही गरेको भन्दै बिरोध प्रदर्शन गरिएको हो ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा लापरवाही भएको, अब्यवस्थित क्वारेन्टाईन, स्वास्थ्य सामाग्रीको अभावले जनतलाई समस्या भएपनि जनप्रतिनिधिहरु राजसी ठाँटमा रमाएको भन्दै विद्यार्थी नेताहरुले दवाब स्वरुप ध्यानआकर्षण गराएका हुन् ।
 गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायतका जनप्रतिनिधिहरु यस्तो विषम परिस्थितीमा पनि भ्रष्टाचार र बिलासितामा रमाएर जनताको समस्याहरुको सुनुवाई नगरेको त्यहाँका स्थानीयको गुनासो छ ।

कृषकहरुको समस्यालाई सम्बोधन नगरेर गाउँपालिकाकी उपाध्यक्ष महिनामा ४÷५ पटक कार्यालय आएपनि मासिक रुपमा १ लाख सवारी खर्च उठाएको भन्दै आर्थिक अनियमितताको विद्यार्थीहरुले विरोध गरेका छन् ।  गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले स्वयम आफुले मासिक रुपमा १ लाख सवारी खर्च लिएको स्वीकार गर्नुभएको छ ।

आन्दोलनको क्रममा विद्यार्थि नेताहरुले गाउँपालिकाको तथ्यांक पारदर्शी गर्न १ हप्ते अल्टिमेटम समेत दिएको आन्दोलनका नेतृत्व गरीरहेका अनेरास्ववियूका केन्द्रिय सदस्य शिवम साहले बताउनुभयो । साथै एक हप्ता भित्र स्पष्टिकरण नदिए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने पनि उहाँले बताउनुभयो । आन्दोलनमा कल्सरिफ गद्धी, सुधिर कुमार पण्डित, रामबाबु मण्डल लगायतका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.