logo

वीरगन्ज महानगरपालिकालाई नेविसंघको ६ बुँदे माग 

      6/18/2020 गते 00 00 मा प्रकाशित     1126   पटक पढिएको

वीरगन्ज, ४ असार । नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस इकाई समितिले विभिन्न ६ बुँदे माग सहित महानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।

नेविसंघले वीरगंज महानगरापलिकाले पीसीआर मेशिन खरिदको आम्दानी र खर्च पारदर्शी बनाउन, ठाकुर राम बहुमुखी क्याम्पस लगायत वीरगंजमा रहेका सम्पूर्ण विद्यालयहरुको कोरेन्टाइनलाई मानवीय मापदण्ड अनुसार व्यवस्थित गर्न ।

कोरेन्टाइनको रुपमा प्रयोग भएका ठाकुरराम बहुमुखी क्याम्पस लगायत महानगरमा रहेको विद्यालयहरुको सम्पूर्ण विजुलीको भुक्तानी, शौचालय सरसफाई तथा सेनीटाईजिङ चाडो गर्नुपर्ने माग गरेका छन् । त्यस्तै वीरगंज महानगरपालिकामा रहेका घरहरुको लाग्ने घरभाडाको टीडीएस नेपाल सरकारको मापदण्ड अनुसार माफ गरिनुपपर्ने, वीरगंज महानगरपालिकाले लिने व्यवसायिक कर माफ गरिनुपर्ने, वीरगंज महानगरपालिकाको हरेक वडाहरुको फोहोर व्यवस्थापन यथासिघ्र गरिनुपर्ने लगायतका माग राखेका छन् ।

ज्ञापनपत्र बुझ्दै महानगर प्रमुख विजय कुमार सरावगीले विद्यार्थीहरुले राखेको जायज मागहरुको क्रमशःसमाधान गर्दै जाने आश्वासन दिनुभयो । नेविसंघ इकाई अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा संघका विद्यार्थीहरु ज्ञापनपत्र बुझाउन गएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.