राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान २०७७ को दोश्रो संसोधन विधयेक प्रमाणीकरण गर्नुभएको छ । संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ नेपालको संविधानको धारा २७४ को उपधारा (१००) बमोजिम आज प्रमाणीकरण गर्नुभएको हो ।
भारतले आफ्नो नक्शामा समावेश गरेको नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नेपाली भूमि समेटिएको नयाँ नक्शा जारी गरी निशान छाप पनि परिवर्तन गर्नुपर्ने भएपछि संघीय संसदमा संविधान संसोधन विधयेक सदनमा प्रस्तुत गरी दुवैसदनबाट पारित गरिएको थियो । पारित भएको संविधान दोश्रो संसोधन विधयेक २०७७ राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको हो ।
तपाईको प्रतिक्रिया