logo

प्रस्तावित नागरिकता बिधयकले रोटी बेटीको सम्बन्धमा समस्या पैदा गर्छ नेताः चौरसिया

      6/21/2020 गते 00 00 मा प्रकाशित     1245   पटक पढिएको

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व मंत्री अजय कुमार चौरसियाले  नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन बिधेयकले विदेशी बुहारीलाई दुःख दिने नियतले ल्याएको बताउनुभयो । 


नेपाल महिला संघ पर्साले  प्रस्तावित नागरिकता संशोधन विरूद्ध प्रदर्शनपछि बीरगंजको घण्टाघरमा आयोजना गरेको  कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य चौरसियाले  विवाहको ७ पछि ल्याईएको विधेयकले विदेशी बुहारीका छोराछोरीलाई पढनपाउनु पर्ने नैसर्गिक अधिकारमाथि दमन गर्न खोजेको आरोपलगाउनुभयो।

वहांले भारतसंग रहेको रोटीबेटीको सम्बन्धलाई विगार्दै मुलुकलाई कम्युनिष्ट शासन तर्फ लान खोजेको आरोप लगाउनु भयो ।   कोणसभामा महिला नेतृ एवं बीरगंज महानगर उपप्रमुख शान्ति कार्की,रिकण सरकार, उत्मा प्याकुरेल ,मनोजा चौधरी प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा  समिबधान सभाका सदस्य अनिल रुङगटा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 

त्यसै गरि नेपाली कांग्रेस बाराले कलैयमा प्रस्तावित नागरिकता धियकका बिरुद्धमा कलैयामा कोण सभा सम्पन्न गरेको छ । सभामा नेपाली कांग्रेसका केन्द्रीय ससदस्य राधेचन्द्र यादवले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा पुर्वमन्त्री कलावती पासवान क्षेत्रीय सभापति सुनिल गुप्ता, रामप्रवेश यादव, उपसभापति सुरेन्द्र गुप्ता, सचिव हरेन्द्र यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, करैयामाई गांउपालिकाका अध्यक्ष भुनेश्वर धामी, नेविसंघका नेजामुदिन अंसारी लगायतकाले नेकपा र सरकारको रवैयाप्रति असन्तुष्टि जनांउदै  सडक देखि सिंहदरबार तताउन नेपाली कांग्रेस तयार रहेको चेतावनी दिएका थिए ।

 


नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाको सभापतित्वमा भएको कोणसभाको सञ्चालन नेपाल तरूणदल बाराका लुकेश सिंहले सञ्चालन गर्नु भएको थियो । यसअघि नेपाली कांग्रेस विपि स्मृति भवन कलैयाबाट निस्केको विरोध प्रदर्शन कलैया नगरको विभिन्न भागको नगर परिक्रमा गर्दै भरत चोकमा पुगी कोणसभामा परिणत भएको थियोे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

आर्थिक रूपमा कमजोर महिलालाई जिल्ला स्तरीय समितिबाट राहत सहयोग प्रदान

वीरगंज । पर्साको वीरगंजमा  घटेको एक दुःखद घटनापछि आर्थिक रूपमा अत्यन्त कमजोर अवस्थामा रहेकी एकल महिलालाई राहत स्वरूप नगद सहयोग प्रदान गरिएको छ।

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.