logo

प्रस्तावित नागरिकता बिधयकले रोटी बेटीको सम्बन्धमा समस्या पैदा गर्छ नेताः चौरसिया

      6/21/2020 गते 00 00 मा प्रकाशित     1360   पटक पढिएको

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पुर्व मंत्री अजय कुमार चौरसियाले  नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन बिधेयकले विदेशी बुहारीलाई दुःख दिने नियतले ल्याएको बताउनुभयो । 


नेपाल महिला संघ पर्साले  प्रस्तावित नागरिकता संशोधन विरूद्ध प्रदर्शनपछि बीरगंजको घण्टाघरमा आयोजना गरेको  कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य चौरसियाले  विवाहको ७ पछि ल्याईएको विधेयकले विदेशी बुहारीका छोराछोरीलाई पढनपाउनु पर्ने नैसर्गिक अधिकारमाथि दमन गर्न खोजेको आरोपलगाउनुभयो।

वहांले भारतसंग रहेको रोटीबेटीको सम्बन्धलाई विगार्दै मुलुकलाई कम्युनिष्ट शासन तर्फ लान खोजेको आरोप लगाउनु भयो ।   कोणसभामा महिला नेतृ एवं बीरगंज महानगर उपप्रमुख शान्ति कार्की,रिकण सरकार, उत्मा प्याकुरेल ,मनोजा चौधरी प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा  समिबधान सभाका सदस्य अनिल रुङगटा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

 

त्यसै गरि नेपाली कांग्रेस बाराले कलैयमा प्रस्तावित नागरिकता धियकका बिरुद्धमा कलैयामा कोण सभा सम्पन्न गरेको छ । सभामा नेपाली कांग्रेसका केन्द्रीय ससदस्य राधेचन्द्र यादवले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा पुर्वमन्त्री कलावती पासवान क्षेत्रीय सभापति सुनिल गुप्ता, रामप्रवेश यादव, उपसभापति सुरेन्द्र गुप्ता, सचिव हरेन्द्र यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, करैयामाई गांउपालिकाका अध्यक्ष भुनेश्वर धामी, नेविसंघका नेजामुदिन अंसारी लगायतकाले नेकपा र सरकारको रवैयाप्रति असन्तुष्टि जनांउदै  सडक देखि सिंहदरबार तताउन नेपाली कांग्रेस तयार रहेको चेतावनी दिएका थिए ।

 


नेपाली कांग्रेस बाराका सभापति जयचन्द्र चौरसियाको सभापतित्वमा भएको कोणसभाको सञ्चालन नेपाल तरूणदल बाराका लुकेश सिंहले सञ्चालन गर्नु भएको थियो । यसअघि नेपाली कांग्रेस विपि स्मृति भवन कलैयाबाट निस्केको विरोध प्रदर्शन कलैया नगरको विभिन्न भागको नगर परिक्रमा गर्दै भरत चोकमा पुगी कोणसभामा परिणत भएको थियोे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.