logo

राजनीतिमा प्रतिस्पर्धा, महासंकटमा सहकार्य, नागरिकमा उत्साह

      6/22/2020 गते 00 00 मा प्रकाशित     1346   पटक पढिएको

स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको नेतृत्व गर्न चुनावी मैदानमा प्रतिस्पर्धा गरेका फरक राजनीतिक दलका नेताहरु कोभिड–१९ महामारी विरुद्ध लड्नलाई भने ध्रुविकृत भएको देखिएका छन् ।

वीरगन्ज महानगरपालिकाले कोभिड–१९ विरुद्धको संघर्षको नेतृत्व लिएर जसरी नागरिक जिम्मेवारी पूरा ग¥यो अन्ततः त्यहि अभियानमा प्रदेश नम्बर २ का मुख्यमन्त्री समेत समाहित हुने वातावरण बन्यो । महानगरपालिकाले खरिद गरेको पीसीआर मेशिन हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएर पर्सावासीलाई सहानुभूति प्रकट गर्नुभयो ।  यसअघि महानगर प्रमुख विजय कुमार सरावगीले शुरु गरेको कोरोना भाईरस विरुद्धको संघर्षमा साथ दिन आफ्नो निजी अस्पताल हस्तान्तरण गरेर कोभिड विरुद्धको मोर्चामा नेकपा महानगर अध्यक्ष रहबर अन्सारी  नगर प्रमुख सरावगीसँगै उभिनुभएको थियो ।

महानगर प्रमुख विजय कुमार सरावगीको कोरोना भाईरस विरुद्धको संघर्षमा पर्साका राजनीतिक दलको नेतृत्व, संविधानसभा सदस्य नागेन्द्र चौधरी, विचारी यादव, प्रतिनिधिसभा सांसद पुष्पा कर्ण समेतको सहयोग रह्यो । महानगरपालिका प्रमुख सरावगीले लिएको अडान सही र जनहितमा रहेको देखेर नै प्रदेशसभा सदस्यहरु रमेश पटेल, रागिनीदेवी वर्णवाल, डा.अञ्जु यादव, ओमप्रकाश शर्मा, वीरगन्जका उद्योगी व्यवसायीहरु र पर्सेली जनताले साथ दिएका छन् ।

यो अभियानमा नागरिक स्तरबाट, नागरिक समाज र विभिन्न संघ संस्थाहरुले समेत महानगर नेतृत्वको साथ पायो । महानगर प्रमुख मेयरको नागरिकप्रतिको जिम्मवारपूर्ण भूमिकाकै कारणले अहिले महानगरवासीमा मात्रै होईन राजनीति स्तरमा नै प्रभाव देखिन थालेको छ ।

पछिल्लो समयमा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष तथा स्थानीय तहको निर्वाचनमा तेश्रो नम्बरमा रहनुभएका राजेशमान सिंह र महानगर प्रमुख विजय कुमार सरारवगी विकास निर्माण देखिएको सहकार्यले राजनीतिक वृत्तमा तरंग ल्याएको छ । यो खालको सहकार्यले स्थानीय स्तरमा गुणात्मक विकास र राजनीतिमा सुद्धिकरणलाई स्थापित गर्ने विश्वास राजनीतिक विश्लेषकहरुले गरेका छन् । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.