logo

जगरनाथपुर गाउँपालिकाको प्रथामिकता स्वास्थ्य, शिक्षार पूर्वाधार ,छात्र छात्रालाई साइकल बितरण गर्ने

      6/22/2020 गते 00 00 मा प्रकाशित     1264   पटक पढिएको

जगरनाथपु गाउँपालिकाले आफनो नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आर्थिक वर्ष ०७७ /०७८ कोलागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित गिरीले जानकारी दिनु भयो । 

 


नीति तथा कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि र भौतीक पूर्वाधार बिकासलाई प्रथामिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा प्रथामिकतामा रहेको बिषयमा त्यही अनुरुपको बजेट समेत बिनियोजीत गरेर प्रतिफल प्राप्त हुने गरि काम गरने अधिकृत गिरीले बताउनु भयो । 


नीति अनुसार प्रथामिकतामा परेका भौतिक सडक पूर्वधारलाई प्राथमिकतामा राख्दै पूर्वधार विकासमा जोड दिने, कक्षा ८ देखी माथीका छात्र छात्राहरुलाई साइकल वितरण गर्ने, जेहन्दार विद्यार्थी र राम्रो नतिजा ल्याउने विद्यालयलाई पुरस्कृत गर्ने, ५० शैयाको अस्पताल निर्माणको लागि पहल गर्ने, स्वास्थ्य संस्थाहरुको सुदृढीकरण गर्दै राम्रो सेवा प्रवाह गर्ने, पर्यटन प्रवद्र्धनको लागि मठ, मन्दिर र मस्जिदलाई सौन्दर्यीकरण गर्ने काम गरिने उहाँले बताउनु भयो । 

 

गाउँपालिका अध्यक्ष जालिम मियाँको अध्यक्षतामा भएको गाउँ सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । 

गाउँ कार्यपालिकाको कार्यालय जगरनाथपुरमा भएको सभामा गाउँपालिकाकी उपाध्यक्ष बिशमिला खातुनले नीति तथा कार्यक्रम प्रस्तुत गनुृ भएको थियो । 

 

सभामा सम्पूर्ण वडाका वडाध्यक्ष, वडा सदस्य तथा सम्पूर्ण गाउँ सभा सदस्यहरुको सहभागिता रहेको थियो ।

 

स्थानीय तहले असार १० गते आगामी आर्थिक वर्षकालागि नीति तथा कार्यक्रम प्रस्तुत गरिसक्नु पर्ने सम्बैधानिक प्रावधान रहेको छ । स्थानीय तह यतिवेला नीति निर्माणमा ब्यस्त रहेका छन । यस पटक जगरनाथपुर गाउँपालिका  भने नीति तथा कार्यक्रम प्रस्तुत गर्नेमा पहिलो भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.