logo

मधेस, पहाड र हिमालको एकता नै राष्ट्रिय एकता होः एमाले सचिव भट्टराई

 इसीमाना सम्वाददाता     २०८० असार २० गते १२: ४९ मा प्रकाशित     915   पटक पढिएको

वीरगन्ज । नेकपा एमालेका सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले । मधेस, पहाड र हिमालको एकता नै राष्ट्रिय एकता हो भन्नेमा एमाले स्पष्ट रहेको र केही त्यस्ता तत्वहरुले भड्काउन खोजेपनि एमाले बलियो शक्ति भएको बताएका छन ।


प्रेस चौतारी नेपाल पर्सा शाखाले वीरगंजको होटेल कन्ट्री इनमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता भट्टराईले
अबजको लक्ष्य ०८४ मा नृकपा उमालेको नेतृत्वमा सरकार बनाउने गरि पार्टी र जनताको काम गर्ने बताए ।

 

मुलुकले बलियो राष्ट्रिय शक्ति खोजेको छ नेता भट्टराईले भने पार्टीमा आन्तरिक समस्याकै कारण र उम्मेदवार छनोटमा समस्या भएकैले अपेक्षकृत नतिजा ल्याउन सकिएन १ बर्ष भित्रमा अन्तरविरोध हल गर्ने र एकताबद्ध रहेको पार्टीलाई अझ सुदृढीकरण गर्दै बलियो शक्तिामा रुपान्तरण गरिने बताए ।


उनले अहिलेको सरकारले ल्याएको बजेटले आर्थिक संकट नटार्ने बताए । बजेटले आमजनतामा उत्साह नल्याएको भन्दै मुलुकमा पुँजीगत खर्च गर्न नसक्दा आर्थिक संकट भोग्नु परेको उनको धारणा छ ।

नेकपा एमालले जनताको चासोको विषयलाई सडक र संसदबाट सशक्त रूपमा उठाउने बताउदै अहिले सरकारले किसानको समस्यालाई वास्ता नगरेको आरोप लगाउनु भयो ।

 

प्रेस चौतारी नेपाल पर्साले होटल कन्ट्री इनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कृषिको भण्डार मधेस प्रदेशमा पनि बजेटले उत्साह नदिएको भन्दै तराई मधेसमा सिँचाईको समस्या, मलखादको समस्याको बारेमा सरकार बेखबर रहेको बताए ।

नेता भट्टराइले किसानले उत्पादन गरेको कृषिउपजको मूल्य नपाएको भन्दै कृषि उत्पादन खरिद सम्झौता ९एपीपीए० को सरकारले व्यावस्था गर्नुपर्ने बताए ।

मधेस प्रदेश इन्चार्ज भट्टराईले एमालेले अहिले कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना नरहेको बताउनु भएको छ । चाहेमा सरकार ढाल्न सक्ने भएपनि अहिले नै कांग्रेससँग मिलेर सरकार ढाल्ने पक्षमा एमाले नरहेको प्रष्ट पारेका छन । स


प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पर्सा इन्चार्ज अच्युत मैनाली, केन्द्रीय सदस्यहरु राजकुमार गुप्ता, एकवाल मियाँ, पर्सा अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, मधेस प्रदेश कमिटि सदस्यहरु विचारी यादव, शम्भु गुप्ता, जयप्रकाश थारु, अमर यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.