logo

मधेस, पहाड र हिमालको एकता नै राष्ट्रिय एकता होः एमाले सचिव भट्टराई

 इसीमाना सम्वाददाता     २०८० असार २० गते १२: ४९ मा प्रकाशित     652   पटक पढिएको

वीरगन्ज । नेकपा एमालेका सचिव एवं मधेस प्रदेश इन्चार्ज योगेश भट्टराईले । मधेस, पहाड र हिमालको एकता नै राष्ट्रिय एकता हो भन्नेमा एमाले स्पष्ट रहेको र केही त्यस्ता तत्वहरुले भड्काउन खोजेपनि एमाले बलियो शक्ति भएको बताएका छन ।


प्रेस चौतारी नेपाल पर्सा शाखाले वीरगंजको होटेल कन्ट्री इनमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेता भट्टराईले
अबजको लक्ष्य ०८४ मा नृकपा उमालेको नेतृत्वमा सरकार बनाउने गरि पार्टी र जनताको काम गर्ने बताए ।

 

मुलुकले बलियो राष्ट्रिय शक्ति खोजेको छ नेता भट्टराईले भने पार्टीमा आन्तरिक समस्याकै कारण र उम्मेदवार छनोटमा समस्या भएकैले अपेक्षकृत नतिजा ल्याउन सकिएन १ बर्ष भित्रमा अन्तरविरोध हल गर्ने र एकताबद्ध रहेको पार्टीलाई अझ सुदृढीकरण गर्दै बलियो शक्तिामा रुपान्तरण गरिने बताए ।


उनले अहिलेको सरकारले ल्याएको बजेटले आर्थिक संकट नटार्ने बताए । बजेटले आमजनतामा उत्साह नल्याएको भन्दै मुलुकमा पुँजीगत खर्च गर्न नसक्दा आर्थिक संकट भोग्नु परेको उनको धारणा छ ।

नेकपा एमालले जनताको चासोको विषयलाई सडक र संसदबाट सशक्त रूपमा उठाउने बताउदै अहिले सरकारले किसानको समस्यालाई वास्ता नगरेको आरोप लगाउनु भयो ।

 

प्रेस चौतारी नेपाल पर्साले होटल कन्ट्री इनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कृषिको भण्डार मधेस प्रदेशमा पनि बजेटले उत्साह नदिएको भन्दै तराई मधेसमा सिँचाईको समस्या, मलखादको समस्याको बारेमा सरकार बेखबर रहेको बताए ।

नेता भट्टराइले किसानले उत्पादन गरेको कृषिउपजको मूल्य नपाएको भन्दै कृषि उत्पादन खरिद सम्झौता ९एपीपीए० को सरकारले व्यावस्था गर्नुपर्ने बताए ।

मधेस प्रदेश इन्चार्ज भट्टराईले एमालेले अहिले कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना नरहेको बताउनु भएको छ । चाहेमा सरकार ढाल्न सक्ने भएपनि अहिले नै कांग्रेससँग मिलेर सरकार ढाल्ने पक्षमा एमाले नरहेको प्रष्ट पारेका छन । स


प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पर्सा इन्चार्ज अच्युत मैनाली, केन्द्रीय सदस्यहरु राजकुमार गुप्ता, एकवाल मियाँ, पर्सा अध्यक्ष डाक्टर विश्वम्भर शर्मा, मधेस प्रदेश कमिटि सदस्यहरु विचारी यादव, शम्भु गुप्ता, जयप्रकाश थारु, अमर यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.