logo

बीरगंजमा कोरोनाको संक्रमण समुदाय स्तरमा,तत्काल निषेधाज्ञा लगाउन महानगर प्रमुख सरावगीको माँग

      7/23/2020 गते 00 00 मा प्रकाशित     6417   पटक पढिएको

बीरगंज महानगरपालिका प्रमुख बिजय कुमार सरावगीले बीरगंजमा निषेधाज्ञा लगाउन माँग गर्नु भएको छ । कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएपछि महानगर प्रमुख सरावगीले निषेधज्ञा लगाउन माँग गर्नु भएको हो । 

 


कोरो भाइरसको संक्रमणका कारण बीरगंज महानगरपालिका वडा नं ६ मध्य बीरगंजको मिना बजारका एक ७० वर्षिय बृद्धको मृत्यु भएपछि बीरगंजको अवस्था निकै अन्यौलपूर्ण भएको बेलामा महानगर प्रमुखले निषेधाज्ञाको माँग गर्नु भएको हो । 

 


उहाँले स्थानीय प्रशासनको लापरवाहीका कारण बीरगंजमा संक्रमण समुदाय स्तरमा फैलिएको आरोप लगाउनु भयो । बीरगंज पथलैया औधोगिक करीडोरमा रहेका उधोग प्रतिष्ठानहरुमा अधिकांश मजदुरहरु भारतीय रहेका छन । लकडाउनको समयमा पनि उनीहरु बीरगंज प्रवेश गरेका छन र यो क्षेत्रका उधोगहरु संचालनमा छन । सीमा क्षेत्रबाट अनधिकृत कारोवारमा संलग्न ब्यक्तिहरु बीरगंज र सीमापार आवत जावत भइरहेको छ । सैयौ मान्छे दैनीक तस्करीका सामान बोकेर बीरगंज प्रवेश गर्छन ।

 

बीरगंजमा रक्सौलका कतिपय ब्यापारीको पसलहरु छन ति ब्यपाराीहरु दैनीक पसल खोलन आउनछन र राती उै फर्किन्छ । यसरीमा सीमापारका मान्छेहरु प्रहरीलाई केही रुपैया दिएको भरमा नेपाल प्रवेश गर्न पाइरेको बिभिन्न स्रोतको दावी छ । 

 


बीरगंज महानगरका प्रमुख सरावगीको बुझाई पनि यस्तै कारणले कोरोनाको संक्रमण बीरगंजमा समुदाय स्तरमा फैलेको हो भन्ने छ । बीरगजमा चिकित्सकमा संक्रमण फेला परेको छ । कोरोना भाइरसको परिक्षण गर्ने ल्याबमा गएकी महिलामा कोरोना भाइरसको संक्रमण भएको दावी उहाँका आफन्तजनको छ । परिक्षण गर्ने प्रयोगशाला संक्रमीत भएको दावीले कैयौ प्रश्नहरु समेत उब्जाएको छ । 


महानगर प्रमुख सरावगीले परिक्षणको गती बढाएर संक्रमीतहरुलाई आइसोलेट गर्ने कुरामा ढिलाई गर्न नहुने बताउनु भयो । २० हजार नागरिकको कोरोना भाइरसको परिक्षण गर्न सक्ने गरि हामी तयारी अवस्थामा छौ  उहाँले भन्नु भयो ।

 

उहाँले कोभिड अस्पतालको ब्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको भएपनि उसले कुनै पहल नगर्दा गण्डकलाई महानगरको प्रयासमा कोभिड अस्पताल बनाएर चलाएको स्मरण गर्दै अव सम्झौता सकिन लागेको छ  कोभिड अस्पताल कसरी संचालन गनेृ भन्ने कुरमा प्रदेश सरकारको ध्यानकर्षण होस भन्नु भयो । 


महानगरले ५० हजार घरका एक एक जनाको कोरोना परीक्षण गर्ने योजना राखेको छ । यसका लागि ३५ जना स्वास्थ्यकर्मीलाई तालीम दिएर स्वाब संकलन केन्द्रसमेत तोकिसकिएको महानगरले बताएको छ । 

 

महानगरको योजना अन्योलमा परेपछि स्थानीय समितिमार्फत स्वीकृतिका लागि केन्द्रीय संयन्त्रलाई पत्र पठाइएको प्रमुख सरावगीले बताउनु भयो  ।

 

महानगरले स्वास्थ्य तथा जनसंख्या मन्त्राललाई पनि समन्वय र सहयोगका लागि पत्राचार गरेको छ ।तर स बिषयमा माथिल्लो निकायले कुनै निर्देशन अहिले सम्म नदिएको प्रमुख सरावगीले बताउनु भयो । 

 


महानगरले  द्रुत परिक्षणकालागि पिसीआर मेशीन खरिद गरेर नारायणी अस्पतालमा जडान गरेको छ । २५ हजार भीटीएम किट, २ हजार आरटी पीसीआर कोभिड टेस्ट किट र २ हजार आरएनए एक्सट्रयाक्सन किट खरीद गरिसकेको छ । २० हजार नागरिकको कोरोना भाइरसरको संक्रमण परिक्षण गर्न सक्ने तयारी अवस्थामा बीरगंज भएपनि परिक्षणको इजाजत नदिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.