बीरगंज । ठोरी गाउँपालिका अध्यक्ष लाल बहादुर श्रेष्ठले नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल संग उनकै कार्यकक्षमा आइतवार भेटगरि ठोरी गाउँपालिकाका लालपुर्जा प्राप्त गर्न बांकी रहेका जनताको तत्काल लालपुर्जा बितरण गर्नका आवश्यक पहल गरिदिन आग्ह गरेका छन ।
अध्यक्ष श्रेष्ठले ठोरीको अधुरो हुलाकी सडक निर्माण, ढेडुखोलाको पुल निर्माण, बर्सौंदेखी बाढीले कटान गर्दै आइरहेको ठुटेखोला, ओरिया खोला, ओडार खोला लगायतमा दीर्घकालीन तटबन्ध निर्माणका लागि केन्द्रीय सरकारको सहयोगको खांचो रहेको ध्यानाकर्षण गराउदै यो काममा मन्त्री रिजाललाई सहयोग गर्न आग्रह गरेका हुन ।
जवाफमा मंत्री रिजालले ठोरीका विभिन्न नयाँ योजनाहरुको प्रस्ताव समेत लिएर आएका अध्यक्ष श्रेष्ठको प्रयासलाई हार्दिकतापूर्वक लिएका छन ।
ठोरीका समस्या समाधान र नयाँ बिकास निर्माणबारे बोल्दै मन्त्री रिजालले आफू पनि त्यहि क्षेत्रकै प्रतिनिधि भएकाले ठोरीको दीर्घकालीन बिकासका लागि आफ्नो कार्यकाल भरी पूर्ण प्रयास गर्ने र ठोरीका जनताप्रतिको उत्तरदायीत्व बहन गर्ने बताए ।
आफ्नो कार्यकालमा ठोरीका विभिन्न समस्याहरु समाधान गर्न आफू संधै तत्पर रहेको बताउदै मन्त्री रिजालले ठोरीको स्थानीय सरकार संगको समन्वय र सहकार्यले आफू हर्षित भएको बताए ।
तपाईको प्रतिक्रिया