logo

अस्पतालमा भएको तोडफोडको घटनाको तीन दलले गरे भर्त्सना,संयमता अपनाउन अपिल

      8/9/2020 गते 00 00 मा प्रकाशित     1157   पटक पढिएको


पर्सामा क्रियाशिल तीन राजनीतिकदलले आज बीरगंजको नारायणी अस्पतालमा भएको तोडफेडको घटनाको घोर 
भर्त्सना गरेका छन ।

 

कोभिड अस्पतालका इन्चार्ज डा. उदयनारायण सिंहको गाडीमा भएको तोडफोड र अस्पतालमा गरिएको ढुंगामुढाको नेकपा ,नेपाली कांग्रेस र जसपाले बिरोध गरेका छन । तीनै दलले आगामी दिनमा यस्तो घटना पुनः नदोहोर्‍याउन सम्पुर्ण नागरिकलाई अपिल समेत गरेका छन । 

 


नेकपाका पर्सा अध्यक्ष प्रभू हजरा ,नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी र जसपाका अध्यक्ष रामनरशे यादवले संयुक्त बिज्ञप्ति जारी गरि कोभिड–१९ बाट सङ्क्रमितहरुको उपचारमा डाक्टर, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाई कर्मचारी, सुरक्षाकर्मिहरु प्रत्येकरूपमा सेवा दिइरहेको सर्बबिधितनै छ । ज्यान जोखिममा राखेर दिन रात मानवजिवनको रक्षामा खटिरहनुभएका ती फ्रन्टलाइनरहरु प्रति आभार ब्यक्त गर्नु भएको छ ।  ।


त्यसैगरी करोना महामारीको नाममा अन्य प्रकृतीका विरामीहरुको उपचार नगर्ने स्वास्थ संस्थाहरुको रवैयाको समेत तीनै दलले भत्र्सना गरेका छन  ।

 

बिरामीलाई उपचार गर्न नमान्दा भएको अपूरणीय क्षतीको बिषयमा  छानबिन गरि त्यस्ता घृणित कार्यमा संलग्न स्वास्थ संस्था, अस्पताल एवम् कर्मचारीलाई कडा भन्दा कडा करवाही गर्न जिल्ला प्रशासन कार्यालय पर्सासँग जोड्दार माग गर्दछौं बिज्ञप्तिमा भनिएको छ।

 


तीनै दलले सबै अस्पतालहरुलाई अफना नियमित सेवा संचालन गरेर आवश्यक नागरिकलाई सेवा दिन समेत आग्रह गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.